आइतबार, वैशाख १३, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • चीनले भारतसँगको सीमामा सुरक्षा स्थिति बलियो बनाउँदै : अमेरिका

चीनले भारतसँगको सीमामा सुरक्षा स्थिति बलियो बनाउँदै : अमेरिका

अमेरिका चीन भारतसँगको सीमा क्षेत्रमा सुरक्षा स्थितिलाई बलियो बनाइरहेको बताएको छ। सिंगापुरमा आयोजित शांगरी-ला-डायलगलाई सम्बोधन गर्दै शनिबार अमेरिकी रक्षामन्त्री लोयड जम्स अस्टिनले चीनको आक्रमण व्यवहारप्रति चिन्ता व्यक्त गरेका हुन्।
 |  शनिबार, जेठ २८, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, जेठ २८, २०७९

काठमाडौं- अमेरिका चीन भारतसँगको सीमा क्षेत्रमा सुरक्षा स्थितिलाई बलियो बनाइरहेको बताएको छ। सिंगापुरमा आयोजित शांगरी-ला-डायलगलाई सम्बोधन गर्दै शनिबार अमेरिकी रक्षामन्त्री लोयड जम्स अस्टिनले चीनको आक्रमण व्यवहारप्रति चिन्ता व्यक्त गरेका हुन्। 

National life

उनले चीनले भारतसँगको सीमा क्षेत्रमा सुरक्षा स्थितिलाई बलियो बनाइरहेको अवस्थामा अमेरिका भारतको साथमा रहने बताएका हुन्। उनले भने, 'अमेरिका आफ्नो मित्रको साथमा उभिएको छ।'

रक्षामन्त्री अस्टिनले दक्षिण चीन सागरमा चीनको दाबी अवैध भएकोसमेत बताएका छन्। उनले भने, 'दक्षिण चीन सागरमा चीनले आफ्नो दाबी गरेका क्षेत्रमा आक्रामक तरिका अपनाइरहेको छ। यससँगै चीनले आफ्नो अवैध समुद्री योजनालाई पनि अघि बढाइरहेको छ।' 

यसअघि अमेरिकी एसिया-प्यासिफिक सैन्य कमाण्डर चार्ल्स फ्लिनले चीनले हिमालय सीमा क्षेत्रमा बलिया सैन्य संरचनाहरु बनाउँदै सुरक्षा अवस्थालाई मजबुत बनाइरहेको बताएका थिए।  

यसअघि ५ मे २०२० मा पंगैल झिलमा भएको हिंस्रक झडपमा पूर्वी लद्दाखको अवस्था तनावपूर्ण भएको थियो। - बीबीसी

kumari

प्रकाशित: Jun 11, 2022| 18:37 शनिबार, जेठ २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।