बिहीबार, फागुन २१, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • अमेरिकाले अन्तर्राष्ट्रिय यात्रामा कोभिड परीक्षण प्रावधान हटायो

अमेरिकाले अन्तर्राष्ट्रिय यात्रामा कोभिड परीक्षण प्रावधान हटायो

वाइडेन प्रशासनले अन्तर्राष्ट्रिय उडानमा जानु एक दिनभित्र यात्रीहरूले कोभिड–१९ संक्रमण नभएको चिकित्सकीय परीक्षण प्रतिवेदन प्रस्तुत गर्नुपर्ने प्रावधानलाई आगामी आइतबारदेखि हटाएको हो।
 |  शनिबार, जेठ २८, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, जेठ २८, २०७९

वासिङटन- संयुक्त राज्य अमेरिकाले अन्तर्राष्ट्रिय यात्रामा कोभिड-१९ को अनिवार्य परीक्षण गर्नुपर्ने प्रावधान हटाएको छ।

वाइडेन प्रशासनले अन्तर्राष्ट्रिय उडानमा जानु एक दिनभित्र यात्रीहरूले कोभिड–१९ संक्रमण नभएको चिकित्सकीय परीक्षण प्रतिवेदन प्रस्तुत गर्नुपर्ने प्रावधानलाई आगामी आइतबारदेखि हटाएको हो।

रोग रोकथाम तथा नियन्त्रण निकायहरूले संक्रमणको निरन्तर अनुगमन गर्ने जनाउँदै अन्तर्राष्ट्रिय यात्राका बेला पेस गर्नुपर्ने 'कोभिड–१९ नेगेटिभ रिपोर्ट' को अनिवार्य प्रावधानलाई आइतबार सखारैदेखि खारेज गरिएको बताएका हुन्। परिस्थिति परिवर्तन भएमा परीक्षणको आवश्यकता पुनः समीक्षा गरिने पनि उनीहरूले बताएका छन्।

कोभिड–१९ विरुद्धको लडाइँमा भएको प्रगतिका कारण प्रतिबन्ध हटाइएको स्वास्थ्य मन्त्री जेभियर बेसेराले बताए। यद्यपि यात्रीहरूले कोभिडविरुद्धको खोप लगाएको प्रमाणपत्र पेस गर्नुपर्नेछ।

विमान कम्पनी तथा पर्यटन उद्योगहरूले परीक्षणको प्रावधान हटाउन अमेरिकी प्रशासनलाई महिनौँदेखि दबाब दिइरहेका थिए भने यात्रीहरू पनि अन्तर्राष्ट्रिय यात्रा गर्न निरुत्साहित भएका थिए।

kumari

युएस ट्राभल एसोसिएसनका अध्यक्ष रोजर डाउले परीक्षणको प्रावधान हटाउनुलाई आन्तरिक एवम् अन्तर्राष्ट्रिय यात्राका निम्ति ठूलो कदम भएको प्रतिक्रिया दिएका छन्।  -एपी

प्रकाशित: Jun 11, 2022| 16:15 शनिबार, जेठ २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।