बिहीबार, फागुन २१, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • जस्टिन बिबरलाई 'रामसे हन्ट सिन्ड्रोम' देखिएपछि अनुहारको पक्षघात

जस्टिन बिबरलाई 'रामसे हन्ट सिन्ड्रोम' देखिएपछि अनुहारको पक्षघात

हलिउडका चर्चित गायक जस्टिन बिबरलाई रामसे हन्ट सिन्ड्रोम नामको एक दुर्लभ रोग देखिएपछि उनको अनुहारको पक्षघात भएको छ। उनको अनुहारको आधा भागमा प्यारालाइसिस देखिएको हो।
 |  शनिबार, जेठ २८, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, जेठ २८, २०७९

काठमाडौं- हलिउडका चर्चित गायक जस्टिन बिबरलाई रामसे हन्ट सिन्ड्रोम नामको एक दुर्लभ रोग देखिएपछि उनको अनुहारको पक्षघात भएको छ। उनको अनुहारको आधा भागमा प्यारालाइसिस देखिएको हो। 

२८ वर्षीय बिबरले एक इन्स्टाग्राम भिडियो पोस्ट गर्दै रामसे हन्ट सिन्ड्रोमको कारण आफूलाई अनुहारको पक्षघात भएको उल्लेख गरेका छन्। 'तपाईंले देख्न सक्नुहुन्छ यो आँखा झिम्किरहेको छैन। म मेरो अनुहारको यो छेउमा हाँस्न सक्दिन ... त्यसैले मेरो अनुहारको यो छेउमा पूर्ण पक्षाघात छ,' उनले भनेका छन्। 

रामसे हन्ट सिन्ड्रोम भनेको दाँतको समस्याले कसैको कान नजिकको अनुहारको नसालाई असर गर्दा हुने चिकित्सा विशेषज्ञहरूले बताएका छन्। यस हप्ताको सुरुमा बिबरको जस्टिस वर्ल्ड टुर घोषणा गरिएको थियो। उनको अनुहारको पक्षघातपछि तीन कार्यक्रमहरू स्थगित हुनेछन्।

क्यानडामा जन्मेका गायकले तीन मिनेटको भिडियोमा आफ्नो अनुहारको दाहिने तर्फ संकेत गर्दै भने, 'यो भाइरसले मेरो कानको नसा र मेरो अनुहारको स्नायुमा आक्रमण गरेको छ र मेरो अनुहारलाई पक्षाघात गराएको छ।'

उनले आफ्ना फ्यानहरूलाई धैर्य गर्न आग्रह गरेका छन् र आफ्नो आगामी कार्यक्रमहरूको बारेमा 'शारीरिक रूपमा सक्षम नभएकोले उपस्थित हुन नसक्ने' बताएका छन्। 

kumari

आफ्ना २४० मिलियन फलोअर्सहरुलाई आफ्नो अनुहारको दाहिने भाग नचलेको अवस्थालाई देखाउँदै उनले मुस्कुराउने र आँखा झिम्काउने प्रयास गरे पनि सम्भव भएन।

'मलाई आशा छ कि तपाईहरुले बुझ्नुभएको छ। म यो समयलाई आराम गर्न र शतप्रतिशत स्वस्थ अवस्थामा फर्किनको लागि प्रयोग गर्नेछु ताकि म जे गर्नको लागि जन्मेको थिएँ, त्यो गर्न सकूँ,' उनले भनेका छन्। बिबरले 'सामान्यमा फर्कन' को लागी अनुहारको व्यायाम गरिरहेछन्, तर निको हुन कति समय लाग्छ भन्‍ने कुनै यकिन छैन।

प्रकाशित: Jun 11, 2022| 15:33 शनिबार, जेठ २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।