बिहीबार, फागुन २१, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • रुसको कब्जामा रहेको युक्रेनको मारिओपोल सहरमा हैजा फैलियो

रुसको कब्जामा रहेको युक्रेनको मारिओपोल सहरमा हैजा फैलियो

युक्रेनी बन्दरगाह सहर मारिओपोलमा हैजा प्रकोपको जोखिम देखिएको छ।
 |  शनिबार, जेठ २८, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, जेठ २८, २०७९

काठमाडौं- युक्रेनी बन्दरगाह सहर मारिओपोलमा हैजा प्रकोपको जोखिम देखिएको छ। रुसी सेनाको आक्रमणबाट ध्वस्त बनेको मारिओपोल गएको मे महिनामा रुसले कब्जा गरेको थियो।

संयुक्त राष्ट्र संङ्घले यो सहरमा धेरैजसो पूर्वाधार क्षतिग्रस्त भएको जनाएको थियो। उसले पानीमा ढल मिसिएको समेत जनाएको थियो। 

आक्रमणपछि ज्यान गुमाएकाहरूको शव जम्मा नगरिएको, फोहोर बढेको, पानी तथा खानाबाट हैजा प्रकोपको जोखिम बढेको राष्ट्र सङ्घले जनाएको हो। हैजा दूषित खानेकुरा वा पानीबाट सर्ने गर्छ।

शवहरू अझै भग्नावशेषमुनि रहेका र सडेको अवस्थामा रहेका छन्। मारिओपोलमा पहिला पनि हैजा, पखाला र अन्य संक्रामक रोगहरू देखिएको थियो।

सम्भावित प्रकोपबाट जोगिन सहर बन्द गरिएको रुसी सेनाले नियुक्त गरेका मेयर भादिम बोयचेन्कोले बताएका बीबीसीले जनाएको छ।

kumari

प्रकाशित: Jun 11, 2022| 12:18 शनिबार, जेठ २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।