बिहीबार, फागुन २१, २०८२

फ्रान्समा संसदीय निर्वाचनको तयारी अन्तिम चरणमा

फ्रान्समा संसदीय निर्वाचनका लागि तयारी अन्तिम चरणमा प्रवेश गरेको छ। नयाँ निर्वाचनबाट देशको राष्ट्रिय सभाका लागि ५७७ जना सांसद निर्वाचित गर्नुपर्ने भएकाले निर्वाचन आयोगले निर्वाचनको तयारी गरेको हो।
 |  शनिबार, जेठ २८, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, जेठ २८, २०७९

पेरिस- फ्रान्समा संसदीय निर्वाचनका लागि तयारी अन्तिम चरणमा प्रवेश गरेको छ। नयाँ निर्वाचनबाट देशको राष्ट्रिय सभाका लागि ५७७ जना सांसद निर्वाचित गर्नुपर्ने भएकाले निर्वाचन आयोगले निर्वाचनको तयारी गरेको हो। 

आयोगले दुई चरणमा निर्वाचन गर्ने तय गरेको छ। आयोगका अनुसार जुन १२ तारिखमा पहिलो चरणको निर्वाचन र जुन १९ मा दोस्र्रो चरणको निर्वाचन हुनेभएको छ।  

निर्वाचनका लागि देशभरी छ हजार २९३ जना उम्मेदवारी चुनावी प्रतिश्पर्धामा उत्रिएको निर्वाचन आयोगले जनाएको छ।  मतदानका लागि स्थानीय समय अनुसार जुन १२ को बिहान ८ बजे मतदान केन्द्रहरु खुल्ला हुनेछन् भने बेलुका ६ बजेसम्म मतदान गर्न पाइनेछ। 

निर्वाचनमा ५० प्रतिशतभन्दा बढी मत खस्यो र कुनै उम्मेदवारले २५ प्रतिशतभन्दा बढी तर सबैभन्दा धेरै मत ल्यायो भने दोस्रो चरणको निर्वाचन गर्नु नपर्ने व्यवस्था छ। तर निर्वाचनमा ५० प्रतिशत भन्दा कम मत खस्यो वा कुनै पनि उम्मेदवारले २५ प्रतिशतभन्दा बढी मत ल्याएनन भने दोस्रो चरणको निर्वाचन गर्नुपर्ने संवैधानिक बाध्यता रहेको छ।

अहिलेको निर्वाचनका राष्ट्रपति इम्यानुयल माक्रोँको पार्टीसहितको गठवन्धन र जेन लुक मेलेन्चोन नेतृत्वको पार्टीसहितको गठबन्धनका बीच मुख्य प्रतिश्पर्धा हुने देखिएको छ। 

kumari

गृह मन्त्रालयका अनुसार निर्वाचनमा २० पार्टीले उम्मेदवारी दर्ता गराएका छन्। फ्रान्सको संसदमा बहुमतका लागि २८९ सिट आवश्यक पर्दछ।


प्रकाशित: Jun 11, 2022| 05:00 शनिबार, जेठ २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।