बिहीबार, फागुन २१, २०८२

राष्ट्रिय सभा सदस्य चयनका लागि भारतका चार राज्यमा मतदान

निर्वाचन आयोगले भारतको महाराष्ट्र, कर्नाटक, राजस्थान र हरियाणा राज्यमा शुक्रबार भएको निर्वाचनबाट राष्ट्रिय सभाका लागि १६ जना निर्वाचित हुने जनाएको छ।
 |  शुक्रबार, जेठ २७, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २७, २०७९

kumari

नयाँ दिल्ली- भारतको राष्ट्रिय सभा सदस्य चयनका लागि चार राज्यमा शुक्रबार मतदान भएको छ। निर्वाचन आयोगले भारतको महाराष्ट्र, कर्नाटक, राजस्थान र हरियाणा राज्यमा शुक्रबार भएको निर्वाचनबाट राष्ट्रिय सभाका लागि १६ जना निर्वाचित हुने जनाएको छ। 

स्थानीय समय अनुसार विहान ९ बजेदेखि बेलुका ४ बजेसम्म मतदानको समय तोकिएको थियो। यसअघि भारतको उत्तर प्रदेश, तमिल नाडु, आन्द्र प्रदेश, विहार, उडिशा, मध्य प्रदेश, पञ्जाब, छत्तिसगढ, उत्तराखण्ड, झारखण्ड र तेलङ्गनाबाट भने हालै ५७ जना निर्विरोध निर्वाचित भएको घोषणा गरिएको थियो।

अहिलेको निर्वाचनमा राष्ट्रिय चर्चित नेताहरु पनि प्रतिस्पर्धामा हुनुहुन्छ। संघीय मन्त्रीद्वय पियुष गोयल र निर्मला सितारमण, काँग्रेस नेता जयराम रमेश, राणदिप सुर्जेवाल र मुकुल वास्निकको भाग्यको फैसला निर्वाचन परिणामले गर्नेछ।      -एएनआई

प्रकाशित: Jun 10, 2022| 18:40 शुक्रबार, जेठ २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।