बिहीबार, फागुन २१, २०८२

भारतमा थप सात हजार ५८४ जना कोरोनाका नयाँ संक्रमित

हाल भारतमा सक्रिय संक्रमितको संख्या ३६ हजार २६७ रहेका छन्।
 |  शुक्रबार, जेठ २७, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २७, २०७९

नयाँ दिल्ली- भारतमा बिहीबार मध्यराति अर्थात २४ घण्टाको समयावधीमा थप सात हजार ५८४ कोरोना संक्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले शुक्रबार जानकारी दिएको छ। 

हाल भारतमा सक्रिय संक्रमितको संख्या ३६ हजार २६७ रहेका छन्। यो कुल संक्रमितको०.०८ प्रतिशत भएको जनाइएको छ। हिजो कोरोनाका सक्रिय संक्रमित संख्या ३२ हजार ८९८ रहेका थिए। 

बिहीबार मध्यरातिसम्म अर्थात् २४ घण्टाको समयावधीमा तीन हजार ७९१ लाई कोरोना निको भएपछि कोरोनाबाट मुक्त भएकाका कुल संख्या चार करोड २६ लाख ४४ हजार ९२ पुगेको छ। अहिले कोरोना भाइरस मुक्ति दर ९८.७० प्रतिशत रहेको छ। 

गत २४ घण्टाको समायावधीमा कोरोना महामरीको कारण २४ जनाको मृत्यु भएपछि पाँच लाख २४ हजार ७४७ जना पुगेका छन्। 

भारतमा कोरोना सुरुभएदेखि हालसम्म कुल ८५ करोड ४० लाख भन्दा बढी व्यक्तिको परीक्षण भएको छ। भारतमा सन् २०२१ जनवरीबाट राष्ट्रव्यापी खोप अभियान शुरु गरिएको थियो। सो समयदेखि हालसम्म एक अर्ब ९४ करोड ७६ लाख भन्दा बढी डोज खोप लगाइएको छ।   -एएनआई

kumari

प्रकाशित: Jun 10, 2022| 20:30 शुक्रबार, जेठ २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।