बिहीबार, फागुन २१, २०८२

मेरिल्याण्ड गोलीकाण्डमा ३ जनाको मृत्यु

एउटा कारखानामा भएको गोली काण्डमा उनीहरूको मृत्यु भएको हो।
 |  शुक्रबार, जेठ २७, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २७, २०७९

मेरिल्याण्ड- स्मिथ्सवर्गमा भएको गोलीकाण्डमा तीन जनाको मृत्यु भएको छ। एउटा कारखानामा भएको गोली काण्डमा उनीहरूको मृत्यु भएको हो।

राज्यका एक सैनिक अधिकारीलाई काँधमा गोली लागेको मेरिल्याण्ड गभर्नर ल्यारी होगनले बताएका छन्। गभर्नरले आक्रमणकारीबारे जानकारी नभएको जनाएका छन्।

आक्रमणकारीले उत्तरी मेरिल्याण्डमा रहेको सोलुम्बिया मेसिन कारखानामा गोली चलाएको थियो। वासिङ्टनको प्रहरी कार्यालयले बिहीबार दिउँसो करिब २:३० बजे बाल्टिमोर शहरबाट करिब ७५ माईलटाढा स्मिथ्सबर्गको कोलम्बिया मेसिनमा गोली चलेको बताएको छ।

गत केही वर्षयता संयुक्त राज्य अमेरिकाभर बन्दुक हिंसा बढ्दै गएको छ। कोभिड–१९ महामारीको कारणले आर्थिक र सामाजिक अवरोधहरूदेखि लिएर २०२० को चुनावमा भएको अशान्ति, बढ्दो बन्दुकको बिक्रीका कारण धेरै नरसंहारका घटना भएका हुन्। 

यो वर्ष  देशमा बन्दुक हिंसाका कारण एक हजार ७०० सयभन्दा बढी मारिएका वा घाइते भएका छन्।  उक्त अवधिमा अमेरिकामा  कम्तिमा एकसय १० गोलीबारी भएका छन्।   -एएनआई

kumari

प्रकाशित: Jun 10, 2022| 16:31 शुक्रबार, जेठ २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।