बिहीबार, फागुन २१, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • मानहानीको मुद्दा जितेपनि पूर्वपत्नी हर्डबाट क्षतिपूर्ति रकम नलिने डेपको घोषणा

मानहानीको मुद्दा जितेपनि पूर्वपत्नी हर्डबाट क्षतिपूर्ति रकम नलिने डेपको घोषणा

'क्लायन्ट र वकिलबिचका सबै कुरा त हामीले सार्वजनिक गर्न मिल्दैन। तर यो मुद्दा पैसाका लागि थिएन,' जोनीका वकिल बेनले बताए, 'यो जोनी डेपले गुमाएको ईज्जत फिर्ता ल्याउन मात्र लडिएको मुद्दा थियो।'
 |  शुक्रबार, जेठ २७, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २७, २०७९

भर्जिनिया- पूर्वपत्नी एम्बर हर्डविरुद्ध मानहानीको मुद्दा जितेपछि क्षतिपूर्ति स्वरुप पाएको १ करोड ३५ लाख अमेरिकी डलर प्रसिद्ध कलाकार जोनी डेपले नलिने भएका छन्। जोनी ‘जितले नै खुसी’ भएकाले उक्त रकम नलिने घोषणा गरेको उनका वकिल बेन च्युले गूड मर्निङ अमेरिकासँगको संवादमा बताएका हुन्।

'क्लायन्ट र वकिलबिचका सबै कुरा त हामीले सार्वजनिक गर्न मिल्दैन। तर यो मुद्दा पैसाका लागि थिएन,' जोनीका वकिल बेनले बताए, 'यो जोनी डेपले गुमाएको ईज्जत फिर्ता ल्याउन मात्र लडिएको मुद्दा थियो।'

पूर्वपत्नी एम्बर हर्डविरुद्ध अमेरिकी कलाकार जोनी डेपले मुद्दा जितेका थिए। डेपले दर्ता गरेको मानहानीको मुद्दामाथि सुनुवाइ गर्दै बुधबार भर्जिनिया अदालतले जेठ १८ गते डेपका पक्षमा फैसला सुनाएको हो। 

हर्डले आफ्नो मानहानी गरेको आरोप लगाउँदै डेपले मुद्दा दर्ता गराएका थिए। डेपले मुद्दा जितेसँगै अब हर्डले १.५ करोड अमेरिकी डलर बराबरको क्षतिपूर्ति तिर्नुपर्ने आदेश थियो। जसमध्ये १ करोड मानहानीको क्षतिपूर्ति र ५० लाख मुद्दाको दण्डात्मक क्षतिपूर्तिका लागि हुने फैसलामा उल्लेख छ। 

सन् २०१८ मा वासिङ्टन पोस्टमा प्रकाशित हर्डको लेखमा उनले आफू ‘घरेलु हिंसा दर्शाउने सार्वजनिक व्यक्तित्व’ भन्दै लेखेकी थिइन्। सो लेखमा डेपको नाम खुलस्त नतोकिएको भएपनि आफूमाथि घरेलु हिंसा गरेको अप्रत्यक्ष आरोप लागेका कारण आफूले विभिन्न चलचित्रमा भूमिका गुमाउनु परेको डेपको दाबी थियो।

kumari

प्रकाशित: Jun 10, 2022| 15:38 शुक्रबार, जेठ २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।