आइतबार, वैशाख १३, २०८३

श्रीलंकामा मास्क लगाउनै पर्ने नियम खारेज

श्रीलंकामा मास्क लगाउनै पर्ने निर्णय खारेज गरिएको छ। श्रीलंकाका स्वास्थ्य मन्त्री केहेलिया रामबुक्वेलाले सार्वजनिक स्थलमा मास्क लगाउनै पर्ने निर्णय शुक्रबारदेखि निष्क्रिय हुने बिहीबार जानकारी दिए।
 |  शुक्रबार, जेठ २७, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २७, २०७९

कोलम्बो- श्रीलंकामा मास्क लगाउनै पर्ने निर्णय खारेज गरिएको छ। श्रीलंकाका स्वास्थ्य मन्त्री केहेलिया रामबुक्वेलाले सार्वजनिक स्थलमा मास्क लगाउनै पर्ने निर्णय शुक्रबारदेखि निष्क्रिय हुने बिहीबार जानकारी दिए।  

National life

कोरोना भाइरसको महामारीका कारण महामारी थप फैलिन नदिन सरकारले सार्वजनिक स्थलमा मास्क लगाउनै पर्ने व्यवस्था गरेको थियो। 

पछिल्लो समय कोरोना भाइरसको महामारी निकै कम भएकाले मस्क अनिवार्य गर्नु आवश्यक नदेखिएकाले निर्णय खारेज गरिएको सरकारी अधिकारीहरूको भनाई छ। 

स्वास्थ्य मन्त्री रामबुक्वेलाका अनुसार श्वास प्रश्वास सम्बन्धी वा सर्ने रोग लागेका व्यक्तिले भने मास्क लगाउनै पर्ने नियम कायमै रहेको छ। उनले भने, 'कसैले मास्क लगाइरहन चाहन्छ भने उसले लगाइरहन पाउने छ, उसलाई मास्क खोल्नै पर्ने भन्ने छैन।'

मास्क लगाउनु सामान्यतया स्वास्थ्यका लागि फाइदाजनक नै भएपनि कतिपयले गाह्रो मान्ने भएकाले लगाउनु अनिवार्य नगरिएको उनको भनाई छ।  

kumari

प्रकाशित: Jun 10, 2022| 05:30 शुक्रबार, जेठ २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।