बिहीबार, फागुन २१, २०८२

दुई देशबाट अफगानिस्तानका पाँच हजार शरणार्थी घर फिर्ता

अफगानिस्तान छोडेर छिमेकी दुई मुलुकहरूमा शरणार्थी भएर बसेका पाँच हजारभन्दा बढी अफगानिस्तानी शरणार्थीहरू घर फर्किएका छन्। सरकारी अधिकारीहरूले बिहीबार दिएको जानकारी अनुसार पाकिस्तान र इरानबाट अहिलेसम्म पाँच हजार १५९ जना घर फर्किएका हुन्।
 |  शुक्रबार, जेठ २७, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २७, २०७९

काबुल- अफगानिस्तान छोडेर छिमेकी दुई मुलुकहरूमा शरणार्थी भएर बसेका पाँच हजारभन्दा बढी अफगानिस्तानी शरणार्थीहरू घर फर्किएका छन्। सरकारी अधिकारीहरूले बिहीबार दिएको जानकारी अनुसार पाकिस्तान र इरानबाट अहिलेसम्म पाँच हजार १५९ जना घर फर्किएका हुन्। 

स्वदेश फर्किएका मध्ये चार हजार ९८६ जना इरानबाट मात्रै फर्किएको अफगानिस्तानको शरणार्थी व्यवस्थापन मन्त्रालयले जनाएको छ। उनीहरु अफगानिस्तानको पश्चिमी निम्रोज र छिमेकी हेरात प्रान्त हुने आ आफ्नो घर तर्फ लागेका हुन्। 

त्यसैगरी पाकिस्तानबाट भने १७३ जना मात्रै स्वदेश फर्किएको मन्त्रालयको दावी छ। उनीहरु अफगानिस्तानको कान्दहर प्रान्तबाट स्वदेश भित्रिएका हुन्। मन्त्रालयले वक्तव्य जारी गर्दै उनीहरूको मात्रै विवरण रहेको र विवरणमा समावेश नभएका तर स्वदेश फर्किएका अरु धेरै हुनसक्ने जनाएको छ। 

अन्य विभिन्न देशबाट समेत गरी अफगानिस्तानमा अहिलेसम्म सात लाख ४० हजार शरणार्थी स्वदेश फर्किसकेको दावी गरिएको छ। 'यो तथ्याङ्क सन् २०२१ को अगस्ट देखिको हो,' मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख छ। 

अफगानिस्तानमा लामो समयदेखि भएको द्वन्द्वका कारण दशौँ लाख मानिस विस्थापित भएको वा शरणार्थी भएकोमा केही मात्रै फर्किएका हुन्। अरु धेरै फर्किन बाँकी नै छन्। फर्किन बाँकी मध्ये अधिकांशले स्वदेश फर्किन चाहेको बताउने गरेका छन्। उनीहरूले अझै पनि स्वदेश फर्किने वातावरण बनिनसकेको दावी गर्दै फर्किने प्रतीक्षामा रहेको जानकारी दिएका छन्। 

kumari

प्रकाशित: Jun 10, 2022| 05:00 शुक्रबार, जेठ २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।