बिहीबार, फागुन २१, २०८२

अमेरिकी तल्लो सदनबाट बन्दुक नियन्त्रण गर्न विधेयक पारित

टेक्सस र न्यूयोर्कमा हालै भएका गोलीबारीपछि पेस गरिएको यो विधेयकले अर्ध-स्वचालित राइफल खरिदका लागि न्यूनतम उमेर सीमा बढाउन खोजेको हो।
 |  बिहीबार, जेठ २६, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २६, २०७९

काठमाडौं- बुधबार अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सले बन्दुक नियन्त्रण गर्न विधेयक पारित गरेको छ।

टेक्सस र न्यूयोर्कमा हालै भएका गोलीबारीपछि पेस गरिएको यो विधेयकले अर्ध-स्वचालित राइफल खरिदका लागि न्यूनतम उमेर सीमा बढाउन खोजेको हो।

यसले १५ राउन्डभन्दा बढी क्षमता भएका गोला बारुद बिक्री निषेधका लागि अनुमति दिएको छ। विधेयकको पक्षमा २ सय २३ जनाले मतदान गरेका थिए। अब कानुन बन्न माथिल्लो सदन सिनेटबाट पारित हुनुपर्छ। तर, माथिल्लो सदनबाट पारित हुने सम्भावना कम रहेको बताइएको छ। 

तर, सदनमा विधेयक पारित भएपछि डेमोक्रयाटिक पार्टीका सांसदहरूलाई मतदातालाई सकरात्मक सन्देश पठाउने मौका मिल्नेछ। यसै वर्षको नोभेम्बरमा मध्यावधि निर्वाचन हुँदैछ।


kumari

प्रकाशित: Jun 09, 2022| 08:10 बिहीबार, जेठ २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।