बिहीबार, फागुन २१, २०८२

इरानद्वारा गाडी तथा सैन्य उपकरण अफगानिस्तानलाई फिर्ता

गत अगस्तमा अफगानिस्तानमा शासन परिवर्तन हुँदा इरानतर्फ लगिएका गाडी तथा सैन्य उपकरणमध्ये केही सामान अफगानिस्तान आइपुगेको अफगानिस्तान आन्तरिक मन्त्रालयले बुधबार पुष्टि गरेको छ।
 |  बिहीबार, जेठ २६, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २६, २०७९

तेहरान- गत अगस्तमा अफगानिस्तानमा शासन परिवर्तन हुँदा इरानतर्फ लगिएका गाडी तथा सैन्य उपकरणमध्ये केही सामान अफगानिस्तान आइपुगेको अफगानिस्तान आन्तरिक मन्त्रालयले बुधबार पुष्टि गरेको छ।

मन्त्रालयका अनुसार फिर्ता गरिएका खासगरी सैन्य तथा गैर–सैन्य सामानमा ३२ सैनिक गाडी, १७ गैर–सैनिक कार, ५७ एके–४७ राइफल, ४२ मेसिन गन, ३२ राउन्ड रकेटद्वारा हान्न मिल्ने ग्रेनेडका साथै ठूलो मात्रामा गोला बारूद रहेका छन्। 

यी सामानहरू मंगलबार पश्चिमी हेराट प्रान्तको सीमावर्ती अफगान शहर इस्लाम क्वालामा अफगान सीमा रेखदेख गर्ने सरकारका सुरक्षा अधिकारीहरूलाई सुम्पिएको बताइएको छ।

इरानी कूटनीतिज्ञ तथा अफगान विदेश मन्त्रालयका अधिकारीहरूबीच हालै भएको द्विपक्षीय वार्तापछि गाडी तथा उपकरणहरू हस्तान्तरण गरिएको हो। 

प्रकाशित: Jun 09, 2022| 05:00 बिहीबार, जेठ २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।