शुक्रबार, मंसिर १४, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

भारतमा हवाई यात्राको समयमा मास्क लगाउन अनिवार्य

भारतमा हवाई यातायातको नियामक निकायले बुधबार नयाँ निर्देशन जारी गर्दै सबै हवाई यात्रीहरूले उडानभरि नाक र मुख छोपिनेगरी मास्क लगाउनु अनिवार्य रहेको जनाएको छ।
 |  बिहीबार, जेठ २६, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २६, २०७९

नयाँ दिल्ली- भारतमा हवाई यातायातको नियामक निकायले बुधबार नयाँ निर्देशन जारी गर्दै सबै हवाई यात्रीहरूले उडानभरि नाक र मुख छोपिनेगरी मास्क लगाउनु अनिवार्य रहेको जनाएको छ। 

himalayan bank box

कोभिड–१९ सङ्क्रमण दरमा कमी आएसँगै जहाजमा भएका यात्रुहरूले मुखमा मास्क नलगाएर कोभिड नियमलाई हल्का लिन थालेपछि सरकारी उक्त निकायले उडानका समय मास्कलाई सुरक्षित लगाइराख्न निर्देशन गरेको हो।

नागरिक उड्डयन महानिर्देशनालयले जारी गरेको निर्देशनमा विमानस्थल परिसरमा पनि मास्क अनिवार्य गरिएको छ। नयाँ निर्देशनले भारतमा कोभिड–१९ को सक्रिय सङ्क्रमितको संख्यामा वृद्धि भएपछि मास्को महत्वलाई मान्यता दिएको हो। 

स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार विगत २४ घण्टामा ५२३ नयाँ व्यक्तिमा सङ्क्रमण देखिएको छ। हाल दक्षिण एसियाली यस मुलुकमा २८ हजार ८५७ जना कोभिडका सक्रिय सङ्क्रमित रहेका छन्। 

यो संख्या एक दिनअघिको तुलनामा १ हजार ८८१ ले वृद्धि भएको हो। भारतका विमानस्थलमा सुरक्षा व्यवस्थापन गर्ने केन्द्रीय औद्योगिक सुरक्षा बलका कर्मचारीहरूले विमानस्थलमा मास्क लगाउनुपर्ने नियमलाई निगरानी गर्ने बताइएको छ। 

Metro Mart
vianet

प्रकाशित: Jun 09, 2022| 05:30 बिहीबार, जेठ २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।
बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।