बिहीबार, फागुन २१, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • अमेरिकामा आक्रमणका लागि तालिम दिइरहेको फ्लुकद्वारा स्वीकार

अमेरिकामा आक्रमणका लागि तालिम दिइरहेको फ्लुकद्वारा स्वीकार

एक अमेरिकी महिलाले सिरियामा आतंकवादी समूह आईसीसी (इस्लामिक स्टेट)का सबै महिला स्क्वाड्रनको नेतृत्व गरेको अनि अमेरिकी भूमिमा आक्रमण गर्ने षड्यन्त्रसमेत रचेको स्वीकार गरेकी छन्।
 |  बुधबार, जेठ २५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, जेठ २५, २०७९

काठमाडौं- एक अमेरिकी महिलाले सिरियामा आतंकवादी समूह आईसीसी (इस्लामिक स्टेट)का सबै महिला स्क्वाड्रनको नेतृत्व गरेको अनि अमेरिकी भूमिमा आक्रमण गर्ने षड्यन्त्रसमेत रचेको स्वीकार गरेकी छन्।

एलिसन फ्लुक-एक्रेन आतंकवादी संगठनलाई सहयोग गरेको आरोपमा पक्राउ परेपछि उनले एक सयभन्दा बढी महिला तथा बालिकालाई तालिम दिएको स्वीकारेकी हुन्।

अमेरिकामा शिक्षिकाका रूपमा कार्यरत एलिसनले सन् २०११ मा देश छोडेकी थिइन्। ४२ वर्षीया फ्लुक सिरियामाभन्दा पहिले  लिब्यामा आतंकवादी संगठनसँग आबद्ध थिइन्। उनलाई कम्तीमा २० वर्षको जेल सजाय सुनाइनेछ।

उनी आईएससँग हुँदा सिरियाको रक्कामा आधारित खतिबा नुसायबाह महिला बटालियनको नेतृत्व गर्थिन्।

उनको मुख्य भूमिका भनेको बटालियनका महिला तथा बालिकालाई ग्रिनेडदेखि एके-४७ सम्मका हतियार, आत्मघाती भेष्टको प्रयोगबारे प्रशिक्षण दिनु थियो।

kumari

भर्जिनियाको अदालतमा उनले सो कुरा स्विकार्दा आफूले तालिम मात्र दिएको तर भर्नासम्बन्धी कार्यमा आबद्ध नरहेको बताएकी छन्। समूहभित्र उनलाई उम मोहम्मद अल-अम्रिकीका नामले चिनिन्थ्यो।

एक साक्षीको गवाही अनुसार उनको 'कट्टरपन्थी'को स्तर 'चार्टभन्दा बाहिर'  र एकदेखि १० को मापनमा '११ वा १२' रहेको थियो।

उनले अमेरिकी विश्वविद्यालय र सपिङ मलमा हमला गर्ने योजना बनाएको समेत स्वीकार गरिन्।

प्रकाशित: Jun 08, 2022| 11:05 बुधबार, जेठ २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।