शुक्रबार, मंसिर १४, २०८१
  • गृहपृष्ठ
  • विदेश
  • अक्षयकुमारलाई रविशकुमारको चिठी– तपाईं पनि पत्रकार बन्नुस्

Siddartha premir insuranceSiddartha premir insurance

अक्षयकुमारलाई रविशकुमारको चिठी– तपाईं पनि पत्रकार बन्नुस्

म पनि कुमार हुँ तर असफल भइसकेको छु। मेरो 'टीआरपी' शून्य छ। यो राष्ट्रिय हितको विषय हो, त्यसैले स्वार्थभन्दा माथि उठेर देशको बारेमा सोचिरहेको छु। तिमीभन्दा ठूलो अर्को कुनै कुमार छैन।
 |  बिहीबार, जेठ २६, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २६, २०७९

आदरणीय अक्षय कुमारजी!

himalayan bank box

राष्ट्र संकटमा छ र यस संकटको घडीमा म तपाईंलाई समय-समयमा सम्झिरहेको छु। 'गोदी मिडिया'का कुमारको कार्यक्रमका कारण भारतको प्रतिष्ठा धमिलो भएको छ। उनले कार्यक्रममा केही यस्ता कुराहरु भनेका थिए कि कुवेत र कतारमा मानिसहरु आक्रोशित भएका छन्।

त्यहाँको सरकार आक्रोशित बनेको छ। त्यहाँ मानिसहरुले भारतीय सामान बहिष्कार गरिरहेका छन्। भारतीय राजदूतलाई बोलाएर सोधपुछ गरेको खबर पढेर मात्रै तपाईको याद आयो। मलाई थाहा छ तपाईं तीन वर्षपछि फिल्ममा यो घटनाको बदला लिनुहुन्छ तर तपाईको आवश्यकता अहिले छ, अहिले नै छ। 

भाजपा संसारको सबैभन्दा ठूलो पार्टी हो। यसका सदस्यहरु कतार र कुवेतको जनसंख्याभन्दा धेरै गुणा बढी हुनेछन्, तैपनि यी देशहरुको असन्तुष्टिको डरले भाजपाले आफ्ना दुई प्रवक्तालाई बर्खास्त गर्‍यो, जो आजकाल मुगल युगको हिसाबकिताब बराबरीमा जुटेका थिए। पूरै लडाइँ अन्योलको शिकार बनेको छ।

विगत केही दिनदेखि मुगलको कारबाहीको बदला लिन प्रवक्ताका घोडाहरु छोडियो, कथित धर्मगुरुहरूलाई खुल्ला छोडियो तर भाजपाले अरबी घोडाहरू देखेर प्रवक्ताहरूलाई निकालिदियो। मलाई भन्नुहोस्, यो कहाँ हुन्छ? यो समर्थकहरुको भावनाको अपमान हो।

Metro Mart
vianet

आखिर जुन देशले एप बन्द गरेर र समानहरु बहिष्कार गरेर चीनलाई डराउन सक्छ, त्यो देश कतार र कुवेतसँग आफ्नो सामान बहिष्कारको डरले कसरी डराउन सक्छ? के तपाईंले मेरो कुरा बुझिरहनु भएको छ?

आज भाजपाका समर्थकहरु अन्योलमा छन्। के उनीहरूले पेट्रोल प्रयोग नगर्न सक्दैनन्? ट्रकको ट्यांकरमा लेखिएको इराकको पानी मेटाएर गौमुत्र लेख्न मिल्दैन? साइकल चलाउन सकिदैन? हिड्न सक्नु सकिदैन? उनीभित्र त्यागको अपार सम्भावना छ तर भाजपाले आफ्ना प्रवक्ताहरुलाई निष्कासन गरेर उनलाई निराश बनाएको छ।

जब तिमिले मुगलहरुसंग ब्याक डेटमा बदला लिन सक्छौ, म पक्का छु कि तपाईले अरबबाट पनि बदला लिन सक्नुहुन्छ। यही बिन्दु हो जहाँ राष्ट्र समस्यामा परेको देखिन्छ।

तिमी कुमार नभएको भए मैले तिमीलाई पत्र लेख्ने थिएन। मलाई थाहा छ कुमारको स्थान कुमारले मात्र लिन सक्छ। जे सुकै होस् यतिबेला देशलाई गोदी मिडियाको नितान्त खाँचो छ। तब मात्र गोदी मिडियालाई बचाउन देशको छविलाई पनि दाउमा लगाइएको छ। मुद्रास्फिति र बेरोजगारीबाट पीडित जनतालाई भ्रममा पार्न यो आवश्यक छ। तपाईको पनि महत्वपूर्ण भूमिका छ।

यस्तो बेला गोदी मिडियालाई बचाउनु पर्छ। उसले पत्रकारिता गर्न थाल्यो भने तिमी पनि उम्कन सक्दैनौ। गोदी मिडियाले अझै धेरै प्रचार गर्न बाँकी छ। गोदिले विष फैलाउनु पर्छ, नत्र गोदिको कुनै भूमिका छैन। मालिकले गोदिलाई यो काम दिएको छ। गोदि पत्रकारले अहिले पत्रकारिताको पुरस्कार पाउन थालेका छन्। त्यसैले अवार्डको चिन्ता नलिनुहोस्। यहाँ फिल्मफेयर भन्दा धेरै पुरस्कारहरु छन्।

म तपाईंलाई इतिहासकारको काम छोड्न आग्रह गर्दछु। जे भए पनि इतिहासले तपाईलाई राम्ररी याद गर्नेछ। इतिहास सिकाउने रिटायर्ड अंकलहरुले उनीहरूको ह्वाट्सेप  समूहमा तपाई भन्दा राम्रो गर्दैछन् त्यो पनि सित्तैमा। तपाई त फिल्ममा काम गरेको पनि पैसा लिनु हुन्छ होला।

तपाई सम्पूर्ण गोदी मिडिया र आधा गोडी मिडियाको समूह सम्पादक बन्नुहोस्। यस समयमा गोदी संसारलाई एउटा नयाँ कुमारको खाँचो छ र म अक्षय कुमार भन्दा ठूलो कुमार सोच्न समिरहेको छैन। काम त त्यहि नै हो तर नयाँ अनुहारले गरे परिवर्तन भएको लाग्छ।

म पनि कुमार हुँ तर असफल भइसकेको छु। मेरो 'टीआरपी' शुन्य छ। यो राष्ट्रिय हितको विषय हो त्यसैले स्वार्थभन्दा माथि उठेर देशको बारेमा सोचिरहेको छु। तपैंभन्दा ठूलो अर्को कुनै कुमार छैन।

तपाई पत्रकार भएर आउनुभयो भने हरेक च्यानलमा तपाईको शो एकैसाथ चल्ने छ। मौसम नै आँपको छ। तपाई जति धेरै आँप माग्नु हुन्छ त्यति नै पाउनु हुन्छ।  तपाई कृपया इतिहासकारबाट फेरी पत्रकार बन्नुहोस्। 

उही 

रविश कुमार

-द वायरबाट 

प्रकाशित: Jun 09, 2022| 10:34 बिहीबार, जेठ २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।
बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।