बिहीबार, फागुन २१, २०८२

इन्धन कम प्रयोग गर्न श्रीलंकाका प्रधानमन्त्रीको आग्रह

श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले आगामी तीन साता थप कठिन हुने भन्दै नागरिकहरूलाई इन्धन र ग्यास कम प्रयोग गर्न आग्रह गरेका छन्।
 |  बुधबार, जेठ २५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, जेठ २५, २०७९

कोलम्बो- श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले आगामी तीन साता थप कठिन हुने भन्दै नागरिकहरूलाई इन्धन र ग्यास कम प्रयोग गर्न आग्रह गरेका छन्।

संसद्मा बोल्दै प्रधानमन्त्रीले आफ्नो सरकारको मुख्य प्राथमिकता आर्थिक स्थायित्व रहेको बताउँदै कडा परिश्रम र लगनशीलताका माध्यमबाट बौद्धिक सोचका आयोजना कार्यान्वयन गरेर मात्रै यो लक्ष्य हाँसिल गर्न सकिने बताएका छन्। श्रीलंकाले इन्धनमा मासिक ५० करोड अमेरिकी डलर खर्च गर्ने र ग्यास आयात गर्न मासिक ४ करोड अमेरिकी डलर आवश्यक पर्ने उनले बताए।

'आउँदो तीन हप्ता हाम्रो लागि इन्धनको सन्दर्भमा कठिन समय हुनेछ। अतः हामी सबैले इन्धन र ग्यास होसियारीसाथ प्रयोग गर्नुपर्छ...अनावश्यक यात्रा सकेसम्म सीमित गर्नुपर्छ। त्यसैले म सबै नागरिकहरूलाई यसबाट टाढा रहन आग्रह गर्दछु। यस अवधिमा इन्धन र ग्यासको भण्डारण गर्ने बारे सोच्दै छु,' सिन्ह्वाले विक्रमासिङ्घेलाई उद्धृत गर्दै उद्धृत गरेको छ।

'ती कठिन तीन हप्ता पछि हामी थप अवरोध बिना इन्धन र खाना उपलब्ध गराउने प्रयास गर्नेछौं। यो सुनिश्चित गर्न विभिन्न पक्षहरूसँग वार्ता भइरहेको छ,' उनले थपे। 

श्रीलंका विदेशी मुद्राको अभावका कारण सबैभन्दा खराब आर्थिक सङ्कटको बीचमा छ जसको कारण औषधि, इन्धन र खाद्यान्न जस्ता अत्यावश्यक वस्तुहरूको अभाव भएको छ।

kumari

आर्थिक र राजनीतिक उथलपुथलका कारण महिनौंदेखि ठूल्ठूला विरोध प्रदर्शनहरू भइरहेका छन् जसले पूर्वप्रधानमन्त्री महिन्दा राजापाक्षेलाई अपदस्थ गरेको  थियो।

प्रकाशित: Jun 08, 2022| 05:00 बुधबार, जेठ २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।