बिहीबार, फागुन २१, २०८२

बेलायती प्रधानमन्त्री जोनसनले पाए विश्वासको मत

आफ्नै दलभित्र भएको विश्वासको मत परीक्षणमा उनले बहुमत आफ्नो पक्षमा पार्न सफल भएका हुन्।
 |  मंगलबार, जेठ २४, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ २४, २०७९

काठमाडौं- बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले आफ्नो पार्टीभित्रैबाट विद्रोह हुँदाहुँदै पनि संसदमा विश्वासको मत पाएका छन्। आफ्नै दलभित्र भएको विश्वासको मत परीक्षणमा उनले बहुमत आफ्नो पक्षमा पार्न सफल भएका हुन्। 

कञ्जरभेटिभका ३ सय ५९ जना सांसदमध्ये उनको पक्षमा २ सय ११ जना सांसदले मतदान गरेका थिए  भने विपक्षमा १ सय ४८ जना सांसदले मतदान गरेका थिए। उनलाई विश्वासको मत जित्नका लागि १ सय ८० मत आवश्यक हुन्छ।  

आफ्नो पार्टी कन्जरभेटिभका ५४ जना सांसदले माग गरेपछि जोनसनले विश्वासको मत लिएका हुन्। जोनसनविरुद्ध अविश्वास जनाउन कम्तीमा ५४ जना  सांसद आवश्यक पर्नेमा ५४ जना सांसदको हस्ताक्षरसहितको पत्र अध्यक्ष ग्राहम ब्रेडीलाई हिजो बुझाइएको थियो।

विश्वासको मतका लागि बेलायती समय अनुसार सोमबार बेलुका ६ बजेदेखि ८ बजेसम्म मतदान भएको थियो। 

प्रकाशित: Jun 07, 2022| 08:52 मंगलबार, जेठ २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।