बिहीबार, फागुन २१, २०८२

श्रीलंकाली अदालतद्वारा रूसी जेटलाई उडान अनुमति

श्रीलंकाली अदालतले विमानलाई दुई हप्तासम्म विमानस्थलमा नै रोक्न गत बिहीबार आदेश गरेको थियो। त्यसपछि एयर ट्राफिक कन्ट्रोलरले बिहीबार मस्को फर्कने उडान एसयू–२८९ को उडान अनुमति अस्वीकार गरेका थियो भने विमानमा रहेका सबै यात्रुलाई होटेलमा लगि राखिएको थियो।
 |  मंगलबार, जेठ २४, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ २४, २०७९

कोलम्बो- श्रीलंकाको एक अदालतले व्यापारिक विवादका कारण देशको प्रमुख अन्तर्राष्ट्रिय विमानस्थलमा रोकिएको एअरोफ्लट एयरबस ए–३३० विमान रोक्ने उड्डयन कार्यालयको आदेशलाई सोमबार खारेज गरेको छ। आदेशसँगै विमानले मस्कोका लागि उडान भर्न सक्नेभएको छ।

श्रीलंकाली अदालतले विमानलाई दुई हप्तासम्म विमानस्थलमा नै रोक्न गत बिहीबार आदेश गरेको थियो। त्यसपछि एयर ट्राफिक कन्ट्रोलरले बिहीबार मस्को फर्कने उडान एसयू–२८९ को उडान अनुमति अस्वीकार गरेका थियो भने विमानमा रहेका सबै यात्रुलाई होटेलमा लगि राखिएको थियो।

उक्त रूसी विमानले आयरल्याण्डको ‘सेलेस्टेयल एभियसन ट्रेडिङ १० लिमिटेडलाई तिर्नुपर्ने रकम नतिरेको भन्दै एरोफलट विरुद्ध मुद्दा दायर गरेपछि विमानलाई रोक्न निर्देशन दिइएको हो। 

विमानलाई उडान अनुमति नदिएपछि श्रीलंका र रूसबीच कुटनीतिक तनाब बढेको थियो। यस सम्बन्धमा रूसले शुक्रबार मस्कोस्थित श्रीलंकाका विशेष दूतलाई रूसी विदेश मन्त्रालयमा बोलाएर कडा विरोध जनाएको थियो। 

बन्दरानाइके अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्ने विमानस्थल र उड्डयन सेवाले यो विवाद ‘केवल व्यावसायिक प्रकृतिको’ भएको र यसमा राज्यको हस्तक्षेप हुननहुने बताएको थियो।

kumari

तर सोमबार सरकारी महान्यायधिवक्ताले उक्त मुद्दाको सुनुवाइ तालिकाभन्दा दुई दिनअघि विमानलाई उडान अनुमति दिने व्यवस्था मिलाउन गरेको निर्देशनपछि अदालतले यो आदेश जारी गरेको हो। 

मस्कोले युक्रेनमा आक्रमण गरेकोमा कठिन पश्चिमी प्रतिबन्धपछि मार्चमा एरोफ्लोटले आफ्ना सबै अन्तरराष्ट्रिय उडानहरू निलम्बन गरको तर अर्को महिनादेखि कोलम्बोका लागि पुनः उडान परिचालन गर्न अनुमति दिइएको थियो।

रूसको नागरिक उड्डयन निकायले रूस–यूक्रेन युद्धका कारण विदेशी मुलुकमा दर्ता भएका भाडाका विमान सञ्चालन गर्ने एयरलाइन्सलाई आउनसक्ने समस्यालाई मध्यनजर गर्दै आफ्नो कब्जाबाट बच्न अन्तर्राष्ट्रिय उडान बन्द गर्न सिफारिस गरेको थियो।

प्रकाशित: Jun 07, 2022| 05:00 मंगलबार, जेठ २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।