बिहीबार, फागुन २१, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • थाइल्याण्डको टापुमा ६० रोहिंग्या अलपत्र अवस्थामा फेला : प्रहरी

थाइल्याण्डको टापुमा ६० रोहिंग्या अलपत्र अवस्थामा फेला : प्रहरी

बौद्ध–बहुसङ्यक म्यानमारमा अत्यधिक सताइएका हजारौं मुस्लिम अल्पसंख्यक रोहिंग्या मानिसहरूले थाइल्याण्डको समुद्रमाथि मलेशिया पुग्न महिनौं लामो महंगो यात्रामा आफ्नो ज्यान जोखिममा पार्ने गर्छन्। थाइ प्रहरीले तिनीहरूलाई अवैध प्रवेशको अभियोग लगाइएको र अदालतको मुद्दापछि निर्वासनमा म्यानमार पठाउन सकिने बताएको छ।
 |  आइतबार, जेठ २२, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २२, २०७९

बैंकक- मलेसिया लगिदिने प्रलोभन देखाएर सामुद्रिक बाटो थाइल्याण्डको एक टापुमा आइपुगेका म्यानमारका रोहिंग्या समुदायका ५९ व्यक्ति अलपत्र अवस्थामा भेटिएका थाइ प्रहरीले जनाएको छ।

उनीहरूले तस्करहरूले मलेसिया लाने भनेपनि अलपत्र पारेर बीच बाटोमा छोडिदिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको एक वरिष्ठ प्रहरी अधिकारीले आइतबार जनाएका छन्। उक्त समूह शनिबार दक्षिणी सातुन प्रान्तको कोह डोङ द्वीपमा फेला परेको थाइल्याण्डका प्रहरी लेफ्टिनेन्ट जनरल सुराकत हाक्पानले बताए।

बौद्ध–बहुसङ्यक म्यानमारमा अत्यधिक सताइएका हजारौं मुस्लिम अल्पसंख्यक रोहिंग्या मानिसहरूले थाइल्याण्डको समुद्रमाथि मलेशिया पुग्न महिनौं लामो महंगो यात्रामा आफ्नो ज्यान जोखिममा पार्ने गर्छन्। थाइ प्रहरीले तिनीहरूलाई अवैध प्रवेशको अभियोग लगाइएको र अदालतको मुद्दापछि निर्वासनमा म्यानमार पठाउन सकिने बताएको छ।

सराकतले भने, 'हामी उनीहरूलाई मानवीय सहायता प्रदान गर्दैछौं। साथै, उनीहरू मानव बेचबिखनको सिकार भएका हुन् वा अवैध रूपमा स्वेच्छाले थाइल्याण्ड प्रवेश गरेका हुन् त्यसको छानविन भइरहेको छ।'

यो समूह पाँचदिनसम्म ‘भोकै रहेको’ समूहका सदस्यहरूले प्रहरीसँग बताएका छन्। उनीहरूलाई आवश्यक खाना र सामान्य औषधि दिइएको छ।

kumari

समूहका सदस्यहरूले अफिसरहरूलाई तिनीहरूको डुङ्गा म्यानमार र बङ्गलादेशबाट निस्केका १७८ जना मानिसहरू बोकेका तीन जहाजहरूमध्ये एक भएको बताएका छन्। उनीहरूले यात्राको लागि लगभग ५,००० रिङजिट (१,३०० अमेरिकी डलर) एजेन्टलाई भुक्तानी गरेका पत्ता लागेको छ। 

थाई प्रहरीको भनाइअनुसार ११९ जना मानिसहरू बोकेको पहिलो दुईवटा डुङ्गालाई मलेशियाका अधिकारीहरूले रोकेर गिरफ्तार गरेका बुझिएको छ। नीहरूको गिरफ्तारपछि डुङ्गाका चालक दलले कोह डोङ द्वीपमा अन्य रोहिंग्या यात्रीलाई अलपत्र छोडी भागेका र उनीहरू मलेसिया पुगेको बताइएको छ। 

प्रकाशित: Jun 05, 2022| 23:30 आइतबार, जेठ २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।