शुक्रबार, मंसिर १४, २०८१
  • गृहपृष्ठ
  • विदेश
  • अष्ट्रेलियाको ग्यास संकटका लागि पूर्व सरकार जिम्मेवार : ऊर्जामन्त्री

Siddartha premir insuranceSiddartha premir insurance

अष्ट्रेलियाको ग्यास संकटका लागि पूर्व सरकार जिम्मेवार : ऊर्जामन्त्री

अष्ट्रेलियाको ग्यास सङ्कटका लागि पूर्व सरकार दोषी रहेको दाबी ऊर्जामन्त्री क्रिस बोवेनले आइतबार गरेका छन्। अघिल्लो सरकार अन्तर्गत नौ वर्षको समयमा उर्जाशक्ति व्यवस्थापनका सन्दर्भमा आफ्नो मुलुक कमजोर बनेको बोवेनले बताए।
 |  आइतबार, जेठ २२, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २२, २०७९

सिड्नी- अष्ट्रेलियाको ग्यास सङ्कटका लागि पूर्व सरकार दोषी रहेको दाबी ऊर्जामन्त्री क्रिस बोवेनले आइतबार गरेका छन्। अघिल्लो सरकार अन्तर्गत नौ वर्षको समयमा उर्जाशक्ति व्यवस्थापनका सन्दर्भमा आफ्नो मुलुक कमजोर बनेको बोवेनले बताए।

himalayan bank box

हिउँदको बढ्दो माग, ग्यासको अभाव र कोइलाबाट निकालिएका विद्युत् केन्द्रहरूले अघोषितरूपमा आपूर्तिलाई अवरूद्ध पार्ने गरेकाले अस्ट्रेलियालीहरूले ग्यास र बिजुलीको बढ्दो मूल्यको सामना गरिरहेका उनले बताए।

सन् २०१७ मा बनेको तत्कालिन गठबन्धन सरकारले ‘ग्यास सङ्कट’ निम्त्याउने गरी कानुन बनाई घरेलु प्रयोजनका लागि तोकिएको प्राकृतिक ग्यास (एलएनजी) लाई अन्य बजारका लागि अनुमति दिँदा विद्यमान् सङ्कट देखा परेको उनको भनाई थियो।

बोवेन भने, 'यो प्रणाली राम्रोसँग डिजाइन गरिएको छैन र यसलाई सम्बोधन गर्ने काम तुरुन्तै सुरु भए तापनि यसको असर जनवरी १ पहिले आउन कठिन हुनेछ।'

अस्टेलियाका उर्जामन्त्री बोवेनले संकट समाधान गर्न राज्य र इलाकाका राजनीतिक तथा सरकारी नेतृत्वसँग छलफल चलिरहेको र यसको समाधानको प्रयास गरिरहेको बताए। 

Metro Mart
vianet

संसाधन मन्त्री माडेलिन किङले आपूर्ति बढाउन ग्यास उद्योगहरूसँग पनि छलफल भइरहेको बताए। यसैबीच विपक्षी दलका नयाँ नेता पिटर डटनले यस संकटप्रतिको बोवेनको प्रतिक्रियाले सरकारमा लेबर पार्टीको अनुभवहीनता प्रदर्शन भइरहेको दाबी गरेका छन्। 

'अहिले कुन बाटो जाने हो, तिनीहरूलाई थाह छैन। उनीहरूले समस्या थाहा पाउन पाउन धेरै समय लाग्नेछ र यसका कारण अष्ट्रेलियालीले उर्जा सङ्कटको समस्याबाट पिडित हुनुपर्नेछ,' उनले भने। 

प्रकाशित: Jun 05, 2022| 23:00 आइतबार, जेठ २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।
बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।