बिहीबार, फागुन २१, २०८२

चीनद्वारा शेन चौ–१४ मानव अन्तरीक्ष यानको सफल प्रक्षेपण

चीनको च्यु छ्वान उपग्रह प्रक्षेपण केन्द्रमा छाङ चङ २ एफ १४ नम्बर रकेटले शन चौ–१४ मानव अन्तरिक्ष यानलाई सफलताका साथ प्रक्षेपण गरेको चिनियाँ मानव अन्तरिक्ष कार्य परियोजनाको कार्यालयले आइतबार जनाएको छ।
 |  सोमबार, जेठ २३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २३, २०७९

बेइजिङ- चीनको च्यु छ्वान उपग्रह प्रक्षेपण केन्द्रमा छाङ चङ २ एफ १४ नम्बर रकेटले शन चौ–१४ मानव अन्तरिक्ष यानलाई सफलताका साथ प्रक्षेपण गरेको चिनियाँ मानव अन्तरिक्ष कार्य परियोजनाको कार्यालयले आइतबार जनाएको छ। 

सो प्रक्षेपणपछिको ५७७ सेकण्डमा शन चौ–१४ अन्तरिक्ष यान छाङ चङ रकेटबाट छुटिएर निर्धारित क्षेत्रमा बसेको छ। 

सबै अन्तरिक्ष यात्रीको अवस्था राम्रो रहेको अन्तरिक्ष कार्य परियोजनाले जनाएको छ। परियोजनाले यो प्रक्षेपण चीनको अन्तरिक्ष यात्राको अर्को सफलता हो। 

चिनियाँ मानव अन्तरिक्ष कार्य परियोजना शुरू भएदेखि यो २३औं अन्तरिक्ष यान प्रक्षेपण हो। साथै अन्तरिक्ष स्टेशन निर्माण क्रममा मानव बोक्ने अन्तरिक्ष यानको प्रक्षेपण गरिएको यो तेस्रो हो।

यस पटकको प्रक्षेपणपछि अन्तरिक्ष यात्रीहरू अन्तरिक्ष स्टेशनको थान ह नामक केन्द्रीय केबिनमा प्रवेश गर्ने र त्यहाँ आगामी ६ महिनासम्म बस्ने योजना रहेको छ। यी अन्तरिक्ष यात्रीहरू, चेन डोङ, लिउ याङ र काई सुझे,ले चीनको अन्तरिक्ष स्टेशनको मर्मतसम्भार गर्ने साथै वैज्ञानिक अध्ययन गर्ने योजना पनि बनाइएको छ।

kumari

प्रकाशित: Jun 06, 2022| 05:00 सोमबार, जेठ २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।