बिहीबार, फागुन २१, २०८२

बंगलादेश कन्टेनर डिपो आगलागी : मृतक संख्या २५ पुग्यो

बंगलादेशको दक्षिणपूर्वी सहर सीताकुण्डमा रहेको एउटा कन्टेनर डिपोमा भीषण आगलागी हुँदा मृत्यु हुनेको संख्या २५ पुगेको छ।
 |  आइतबार, जेठ २२, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २२, २०७९

काठमाडौं- बंगलादेशको दक्षिणपूर्वी सहर सीताकुण्डमा रहेको एउटा कन्टेनर डिपोमा भीषण आगलागी हुँदा मृत्यु हुनेको संख्या २५ पुगेको छ।

शनिबार भएको आगलागी परेर ज्यान गुमाउनेको संख्या २५ पुगेको र अझै मृतक संख्या बढ्न सक्ने एक वरिष्ठ स्वास्थ्य अधिकारीले बताएका छन्। 

आगलागी देशको मुख्य समुद्री बन्दरगाह चटगाउँबाट ४० किलोमिटर टाढा रहेको एउटा भित्री कन्टेनर भण्डारणमा मध्यरातमा लागेको अग्नि सेवाका अधिकारी जलाल अहमदले बताए। आगलागीमा परेर २५ जनाको ज्यान गइसकेको प्रहरी अधिकारीहरुले पुष्टि गरेका छन्। 

चटगाँउ जिल्लाका प्रहरी प्रमुख मोहमद मोमिनुर रहमानले भीषण आगलागीमा पाँच अग्निनियन्त्रकसहित २५ जनाको मृत्यु भएको बताए। 

मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको स्वास्थ्य विभागका निर्देशक हसन सहरियारले एएफपीलाई बताएका छन्। आगलागी भएको करिब एक घण्टापछि सयौं मानिसहरूले आगो निभाउने प्रयास गरिरेहको अवस्थामा केमिकल राखेका धेरै कन्टेनर विस्फोट भएको ठूलो संख्यामा मानवीय क्षति भएको बताइएको छ।

kumari

आगलागीमा परी ४० अग्निनियन्त्रक, १० प्रहरीसहित २०० भन्दा बढी घाइते छन्।

प्रकाशित: Jun 05, 2022| 12:44 आइतबार, जेठ २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।