आइतबार, वैशाख १३, २०८३

टर्कीले किन परिवर्तन गर्‍यो आफ्नो देशको नाम?

टर्काका राष्ट्रपति रेसेप तैय्यप अर्दोआनले गत वर्ष चलाएको रिब्रान्डिङ अभियान अन्तर्रगत अन्तर्राष्ट्रिय संस्थालाई मुलुकको नाम परिवर्तन गर्न आग्रह गरिएको थियो। सन् २०२१ को अन्तमा टर्कीका राष्ट्रपतिले रिब्रान्डिङ क्याम्पेन सुरु गरेका थिए।
 |  शनिबार, जेठ २१, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, जेठ २१, २०७९

काठमाडौं- टर्कीले आफ्नो मुलुकको नाम परिवर्तन गर्दै टर्कीय राखेको छ। संयुक्त राष्ट्रसंघले टर्कीका तर्फबाट नाम परिवर्तनका लागि गरेको अनुरोधलाई स्वीकार गरेको हो। 

National life

टर्काका राष्ट्रपति रेसेप तैय्यप अर्दोआनले गत वर्ष चलाएको रिब्रान्डिङ अभियान अन्तर्रगत अन्तर्राष्ट्रिय संस्थालाई मुलुकको नाम परिवर्तन गर्न आग्रह गरिएको थियो। सन् २०२१ को अन्तमा टर्कीका राष्ट्रपतिले रिब्रान्डिङ क्याम्पेन सुरु गरेका थिए। 

उनले त्यस समय भनेका थिए, 'टर्कीयले यस मुलुकमा नागरिकहरुको संस्कृती, सभ्यता र मूल्यको सबैभन्दा राम्रो तरिकाले प्रतिनिधित्व गर्दछ। यसले टर्कीका जनतालाई राम्रोसँग अभिव्यक्त गर्दछ।' 

संयुक्त राष्ट्रसंघले टर्कीको आग्रह अनुसार नै नाम परिवर्तनका लागि स्वीकृती दिएको जनाएको छ। टर्कीका नागरिकहरुले पहिलेदेखि नै आफ्नो मुलुकका लागि टर्कीय शब्द प्रयोग गर्ने गरेका थिए। टर्कीको सरकारी च्यानल टीआरटीले गत वर्ष नै आफ्नो च्यानलको नाम परिवर्तन गरेको थियो। क्याम्ब्रिजको अंग्रेजी शब्दकोष अनुसार टर्कीको अर्थ बेवकूफ अथवा पराजित भन्‍ने अर्थ हुन्छ। 

रिब्रान्डिङ योजना अनुसार सरकारले आफ्नो मुलुकबाट निर्यात हुने हरेक चिजमा 'मेड इन टर्कीय' राख्‍ने निर्णय गरेको छ। त्यसैगरी जनवरीदेखि 'क्याच-फ्रेज' 'हेलो टर्कीय' नाममा पर्यटन अभियान सुरु गरिने भएको छ। 

kumari

मुलुकको नाम परिवर्तन गर्नु कुनै आश्चार्यको कुरा भने होइन। सन् २०२० मा नेदरल्यान्डले रिब्रान्डिङ गर्दै 'हल्यान्ड' नाम दिएको थियो। यससँगै मेसिडोनियाले ग्रिससँगको विवादपछि उत्तरी मेसिडोनिया राखेको थियो। सन् २०१८मा स्वाजील्यान्डले नाम परिवर्तन गर्दै इस्वातिनी राखेको थियो। 

टर्की एक पक्षीको नाम हो। धेरै पहिलेदेखि राष्ट्रपित अर्दोआनले आफ्नो मुलुकको नाम पक्षीको नामबाट भएकोले यसलाई परिवर्तन गर्दै टर्कीय राख्‍नुपर्नेमा जोड दिँदै आएका थिए। उनले टर्कीयले आफ्नो मुलुकको सही प्रतिनिधित्व गर्नेसमेत बताउँदै आएका थिए। -बीबीसी


प्रकाशित: Jun 04, 2022| 15:40 शनिबार, जेठ २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।