आइतबार, वैशाख १३, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • भारतमा ग्यास चुहावटका कारण बिरामी भएका १५० जना अस्पताल भर्ना

भारतमा ग्यास चुहावटका कारण बिरामी भएका १५० जना अस्पताल भर्ना

भारतको एउटा प्रयोगशालामा ग्यास चुहावटका कारण विरामी भएका १५० जना अस्पताल भर्ना भएका छन्। बिरामीमध्ये अधिकांश महिला कामदार रहेका छन्। शुक्रबार भएको घटनामा परी विरामी भएकाहरूलाई विभिन्न अस्पतालमा भर्ना गरेर उपचार गराइएको छ।
 |  शनिबार, जेठ २१, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, जेठ २१, २०७९

नयाँ दिल्ली- भारतको एउटा प्रयोगशालामा ग्यास चुहावटका कारण विरामी भएका १५० जना अस्पताल भर्ना भएका छन्। बिरामीमध्ये अधिकांश महिला कामदार रहेका छन्। शुक्रबार भएको घटनामा परी विरामी भएकाहरूलाई विभिन्न अस्पतालमा भर्ना गरेर उपचार गराइएको छ। 

National life

भारतको आन्द्र प्रदेशमा रहेको औषधी उद्योगको प्रयोगशालामा प्रयोग हुने ग्याँस चुँहिएर त्यहाँ रहेका श्रमिक तथा कर्मचारीहरु विरामी भएका हुन्। आन्द्र प्रदेशको अनाकापली जिल्लामा घटना भएको हो।

'घटनामा परी विरामी भएका १५० भन्दा बढीलाई अस्पताल भर्ना गरिएको छ, उनीहरुलाई अहिले निगरानीमा राखेर उपचार भइरहेको छ,' जिल्ला चिकित्सा तथा स्वास्थ्य प्रमुख  हेमन्त अनाबाथुलले भने। 

ग्यास चुहावटको कारण अहिलेसम्म स्पष्ट हुन नसकेको र घटनाका बारेमा अनुसन्धान सुरु भइसकेको प्रहरीले जनाएको छ। ग्यास चुहिएपछि प्रयोगशालामा रहेकाहरुमा बान्ता हुने, रिङ्गटा लाग्ने, अचेत हुने, कमजोरी हुने श्वास प्रश्वासमा समस्या हुने लगायतका लक्षण देखा परेको थियो।

प्रकाशित: Jun 04, 2022| 00:00 शनिबार, जेठ २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।