बुधबार, पुस ३०, २०८२

ओकलाहोमा अस्पतालमा गोली चल्दा चार जनाको मृत्यु

समाचार एजेन्सी रोयटर्सका अनुसार आक्रमणकारीको पनि आफैँले चलाएको गोली लागेर मृत्यु भएको छ।
 |  बिहीबार, जेठ १९, २०७९

बीबीसी

बीबीसी

बिहीबार, जेठ १९, २०७९

काठमाडौं- अमेरिकाको ओक्लाहोमाको एक मेडिकल भवनमा राइफल र ह्यान्डगन प्रयोग गरी एक व्यक्तिले गोली चलाउँदा चार जनाको मृत्यु भएको छ।

National life

समाचार एजेन्सी रोयटर्सका अनुसार आक्रमणकारीको पनि आफैँले चलाएको गोली लागेर मृत्यु भएको छ।

ओक्लाहोमाका प्रहरी अधिकारी जोनाथन ब्रुक्सले आक्रमणकारीको पहिचान गर्ने प्रयास भइरहेको बताए। क्रमणकारीको उमेर ३५ देखि ४० वर्षबीचमा रहेको प्रहरी अधिकारीले बताएका छन्।

डाक्टरको कार्यालय र अर्थोपेडिक सेन्टर रहेको अस्पतालको दोस्रो तल्लामा आक्रमण भएको बीबीसीमा उल्लेख छ। अर्का प्रहरी अधिकारी एरिक डल्ग्लासले पीडित  कर्मचारी र बिरामी दुवै उक्त तलामा रहेको बताइएको छ। ह्वाइट हाउसले राष्ट्रपति जो बाइडेनलाई आक्रमणको जानकारी गराएको छ।

गत हप्ता टेक्सासको एक विद्यालयमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा १९ बालबालिका र दुई शिक्षकको मृत्यु भएको थियो। मे महिनामा बफेलो सुपरमार्केटमा गोली चलाउँदा १० जनाको मृत्यु भएको थियो। -बीबीसी

Laxmi sunrise bank
kumari

प्रकाशित: Jun 02, 2022| 08:41 बिहीबार, जेठ १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।