बिहीबार, फागुन २१, २०८२

महारानीको छायाँमा राजकुमार चार्ल्सको बढ्दो भूमिका

महारानी एलिजाबेथ द्वितीयभन्दा राम्ररी बेलायतको राजनीतिबारे कसैलाई थाहा छैन, जसले सिंहासनमा बसेको ७० वर्षपछि पनि त्यसबाट हट्ने कुनै सङ्केत देखाएको छैन। तर ९६ वर्षीया महारानीले आफ्नो जेठो छोरा एवम् उत्तराधिकारी राजकुमार चार्ल्सलाई बढ्दो रूपमा प्रमुख भूमिका र थप जिम्मेवारी सुम्पिएकी छन्।
 |  बिहीबार, जेठ १९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १९, २०७९

लन्डन- महारानी एलिजाबेथ द्वितीयभन्दा राम्ररी बेलायतको राजनीतिबारे कसैलाई थाहा छैन, जसले सिंहासनमा बसेको ७० वर्षपछि पनि त्यसबाट हट्ने कुनै सङ्केत देखाएको छैन। तर ९६ वर्षीया महारानीले आफ्नो जेठो छोरा एवम् उत्तराधिकारी राजकुमार चार्ल्सलाई बढ्दो रूपमा प्रमुख भूमिका र थप जिम्मेवारी सुम्पिएकी छन्।

राजकुमार चार्ल्सलाई राष्ट्रप्रमुखको प्रमुख भूमिका र थप जिम्मेवारी दिइएको गत महिना स्पष्ट भयो जब ७३ वर्षीय उनले आफ्नी धर्मपत्नी क्यामिलाका साथ राजाको सबैभन्दा महत्वपूर्ण कर्तव्य–संसद्को राजकीय उद्घाटनको अध्यक्षता गरे।

समयको प्रवाहसँगै सत्ता हस्तान्तरणको सङ्क्रमणले राजपरिवारले  सामना गर्ने चुनौती चित्रण गरेको छ। झण्डै एक शताव्दीको वयमा पनि महारानी सिंहासनमा विराजमान हुनुहुन्छ तर राजकुमार चार्ल्स राजतन्त्रको अझ बढी सार्वजनिक अनुहार बनेका छन्। बेलायतले यस साता महारानीले राजगद्दी सम्हालेको हीरक महोत्सव मनाउने क्रममा राजपरिवारलाई कहिलेकाहीं गलत ढङ्गले बुझिएको र उत्तराधिकारीका गतिविधिको बचाउ गर्न र विन्डसर राजप्रासाद जिवन्त रहने प्रस्तुति भइरहेका छन्। 

'राजतन्त्रको कुरा गर्दा चार्ल्स र क्यामिला भविष्यको लागि प्रश्न चिह्न हुन्,' शाही इतिहासकार एवम् नेटफ्लिक्स शृङ्खला ‘द क्राउन’ का सल्लाहकार रोबर्ट लेसी भन्छिन्, 'हामी २० वर्ष पहिलेको राज्यमा छैनौं, जब चार्ल्सको सिंहासनमा आउने सम्भावनामा ठूलो चुनौती थियो। मलाई लाग्छ आज राजतन्त्र धेरै अश्वशक्तिको साथ ब्रिटिश स्नेहमा सवार छ ... यो धेरै दशकदेखि थियो।'

महारानी एलिजाबेथका कारण यसो भएको हो, उहाँले आफ्नो २१ औं जन्मदिनमा आफ्नो सम्पूर्ण जीवन बेलायत र राष्ट्रमण्डलको सेवा गर्ने वाचा गर्नुभयो। महारानीले त्यो प्रतिज्ञा पूरा गर्ने मनसाय अद्यापि प्रस्तुत गरेका छन्। 

kumari

महारानी र राजपरिवारका सामु उपत्पन्न समस्याहरूले उहाँलाई आफ्नो सार्वजनिक जीवनमा नगरी नहुने काम बढी चयनात्मक भएर गर्न र राजकुमार चार्ल्सका निम्ति ढोका खोल्न बाध्य तुल्याएको छ। उनले विगत तीन दशकदेखि अत्यधिक लोकप्रिय राजकुमारी डायनासँगको बिग्रेको वैवाहिक सम्बन्ध र त्यसका दुष्परिणमलाई हटाउने प्रयास गरिरहेका छन्। 

राजकुमार चार्ल्सलाई माफ गर्न बेलायतमा वर्षौं लाग्यो, राकुमारी डायनसँगको बेवफाइ र क्यामिलासँगको लामो समयको सम्बन्धले चार्ल्स–डायना सम्बन्ध तहसनहस भयो। ‘जनताकी राजकुमारी’ भनेर चिनिने डायनाले जितेको जनताको मन उनका पतिले कहिल्यै त्यसो गर्न सकेनन्। पति चार्ल्ससँग छुट्टिएको पाँच वर्षपछि राजकुमारद्वय विललियम र ह्यारीकी आकर्षक एवं जवान आमा डायनाको सन् १९९७ मा पेरिस कार दुर्घटनामा मृत्यु भयो। सन् २००५ मा राजकुमार चार्ल्सले क्यामिला पार्कर बाउल्ससँग विवाह गरेपछि  उनीप्रति जनसाधारणको मनस्थिति क्रमशः नरम हुँदै गएको छ। 

अहिले डचेस अफ कर्नवाल भनेर चिनिने, ७४ वर्षीया क्यामिलाले साक्षरता प्रवद्र्धन, वृद्धवृद्धा एवम् घरेलु हिंसा पीडितहरूलाई सहयोग गर्नेलगायत अन्य सामाजिक मुद्दाहरूमा ध्यान केन्द्रित गर्दै एकसयभन्दा बढी परोपकारी संस्थाहरूमा आफ्नो भूमिका निर्वाह गरिरहेका छन्। 

साह्रै सरल शैली र ख्यालठट्टाको भावनाका साथ उहाँले अन्ततः धेरै बेलायतीहरूको मन जिते। उनको आत्मीयताले राजकुमार चार्ल्सको हठी छविलाई नरम बनायो जसले उनलाई राजपरिवारका कर्तव्यहरू निर्वाह गर्न र जनतामाझ सकारात्मक छाप बनाउन सघायो। 

प्रकाशित: Jun 02, 2022| 05:30 बिहीबार, जेठ १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।