बिहीबार, फागुन २१, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • मेक्सिकोमा अगाथा आँधीका कारण ११ जनाको मृत्यु, ३० भन्दा बढी बेपत्ता

मेक्सिकोमा अगाथा आँधीका कारण ११ जनाको मृत्यु, ३० भन्दा बढी बेपत्ता

मेक्सिकोमा अगाथा नामक आँधीका कारण बस्तीहरू डुवानमा पर्दा ११ जनाको मृत्यु भएको पुष्टि स्थानीय अधिकारीहरू गरेका छन्। आँधीका कारण कम्तीमा ३३ जना हराइरहेका बताइएको छ।
 |  बुधबार, जेठ १८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, जेठ १८, २०७९

मेक्सिको सिटी- मेक्सिकोमा अगाथा नामक आँधीका कारण बस्तीहरू डुवानमा पर्दा ११ जनाको मृत्यु भएको पुष्टि स्थानीय अधिकारीहरू गरेका छन्। आँधीका कारण कम्तीमा ३३ जना हराइरहेका बताइएको छ।

अमेरिकी ‘नेशनल हरिकेन सेन्टर (एनएचसी)’ का अनुसार यस आँधी स्थानीय समय अनुसार सोमबार मेक्सिकोको प्रशान्त किनाराबाट सुरू भएको थियो। यो सन् १९४९ मा रेकर्ड राख्‍न सुरू गरिएपछि आएको सबैभन्दा शक्तिशाली आँधी भएको बताइएको छ।

हावाहुरीसँगै भारी वर्षा हुँदा मानवीय तथा अन्य भौतिक क्षति भएको मौसमविद्हरूले बताएका छन्। 

ओक्साका राज्यका गभर्नर एलेजेन्ड्रो मुराटले बुधबार आँधीबाट आएको अवस्थाबाट नागरिकलाई नआत्तिन र प्राकृतिक विपत्तिबाट हुनसक्ने थप जोखिमबारे चनाखो रहन आग्रह गरेका छन्।

उनले भने, 'सामुद्रिक किनाराको माथिल्लो क्षेत्रमा ३३ (मानिसहरू) हराइरहेका छन् र ११ जनाको मृत्यु भएको छ।'

kumari

ओक्साका नागरिक सुरक्षा कार्यालयका अनुसार सान्ता क्याटरिना जानागुया समुदायमा डाँडामा पहिरो जाँदा१८ र २१ वर्षका दुई जनाको मृत्यु भएको छ। लानो डेल चिल्लरमा पहिरोमा परी एक महिलाको मृत्यु भएको छ भने उनको छोरा घाइते भएका बताइएको छ। 

अगाथा ओक्साकाको पोर्टो एन्जलनजिकै प्रति घण्टा १६५ किलोमिटर (१०५ माइल) वेगमा अवतरण गरेको थियो। साधारणतया मे र नोभेम्बर महिनाको बीचमा प्रशान्त महासागर र आन्द्र महासागर दुवै तटमा उष्ण कटिबन्धीय आँधीले मेक्सिकोलाई नियमित प्रभावित गर्ने गर्छ। 

गत वर्ष अगस्टमा मेक्सिकोमा आएको ग्रेस नाम दिइएको घातक आँधीका कारण भेराक्रुज र पुएब्लाका पूर्वी राज्यहरूमा ११ जनाको ज्यान गएको थियो। 

प्रकाशित: Jun 01, 2022| 23:10 बुधबार, जेठ १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।