बिहीबार, फागुन २१, २०८२

दक्षिण कोरियामा स्थानीय र संसदीय प्रतिनिधिका लागि मतदान

निर्वाचनबाट नगर प्रमुखहरू, गभर्नरहरु र स्थानीय परिषद् सदस्यहरू निर्वाचित हुनेछन् भने सात जना सांसद पनि चयन हुनेछन्।
 |  बुधबार, जेठ १८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, जेठ १८, २०७९

सउल- दक्षिण कोरियामा बुधबार मतदान भइरहेको छ। स्थानीय र संसदीय प्रतिनिधि चयनका लागि मतदान भइरहेको हो।

निर्वाचनबाट नगर प्रमुखहरू, गभर्नरहरु र स्थानीय परिषद् सदस्यहरू निर्वाचित हुनेछन् भने सात जना सांसद पनि चयन हुनेछन्। स्थानीय समय अनुसार बिहान ६ बजे सुरु भएको मतदान बेलुका ६ बजेसम्म चल्ने निर्वाचन अधिकारीहरूले जानकारी दिएका छन्।

मतदानका लागि देशभरी १४ हजार ४६५ मतदान केन्द्रहरू तोकिएको पनि राष्ट्रिय निर्वाचन आयोगले जनाएको छ।  कोरोना भाइरसको महामारी फैलिइरहेको बेलामा पनि दक्षिण कोरियामा स्थानीय तथा संसदीय प्रतिनिधि चयनका लागि निर्वाचन भइरहेको हो।

कोरोना भाइरसबाट सङ्क्रमित भई क्वारेनटाइनमा बसेकाहरूलाई भने बेलुका ६।३० देखि ७।३० सम्म मतदानको व्यवस्था गरिएको छ।दिउसोमा अन्य मतदाताहरूको भिडभाड हुने भएकाले सङ्क्रमितलाई छुट्टै समय तय गरिएको अधिकारीहरूले जनाएका छन्।

बुधबारको मतदानबाट १७ नगरका प्रमुख र प्रान्तीय गभर्नरहरु निर्वाचित हुनेछन् भने २२६ जना स्थानीय परिषद्का प्रमुखहरू छनौट हुनेछन्।

kumari

त्यसै गरी नगर परिषद् सदस्य र प्रान्तीय परिषद् सदस्य ८२४ जना र स्थानीय परिषद् सदस्य दुई हजार ९२७ जना निर्वाचित हुने निर्वाचन आयोगले जनाएको छ। दक्षिण कोरियामा स्थानीय र संसदीय प्रतिनिधि चयनका लागि यसअघि गत शुक्रबार र शनिबार पनि मतदान भएको थियो।    -सिन्ह्वा

प्रकाशित: Jun 01, 2022| 12:47 बुधबार, जेठ १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।