बिहीबार, फागुन २१, २०८२

भारतमा अहिलेसम्म मङ्कीपक्सका संक्रमित नरहेको दाबी

भारतका सरकारी अधिकारीहरूले विश्वका धेरै देशमा देखिएपनि भारतमा भने अहिलेसम्म मङ्कीपक्सबाट कोही संक्रमित भएको पुष्टि नभएको दावी गरेका हुन्।
 |  बुधबार, जेठ १८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, जेठ १८, २०७९

नयाँ दिल्ली-  विश्वका धेरै देशमा फैलिएको मङ्कीपक्सका संक्रमित भारतमा अहिलेसम्म कोही नभेटिएको दावी गरिएको छ।

भारतका सरकारी अधिकारीहरूले विश्वका धेरै देशमा देखिएपनि भारतमा भने अहिलेसम्म मङ्कीपक्सबाट कोही संक्रमित भएको पुष्टि नभएको दावी गरेका हुन्।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले समेत मङ्कीपक्सका बारेमा उच्च सतर्कता अपनाउन सबै देशहरूलाई आग्रह गर्दै आएको छ। भारतको संघीय स्वास्थ्य मन्त्रालयले मंगलबार दिएको जानकारी अनुसार मङ्कीपक्स भारतमा भित्रिन नदिनका लागि सरकारले उच्च प्राथमिकताका साथ काम गरिरहेको छ।  

सरकारले मङ्कीपक्सको सङ्क्रमण व्यवस्थापन निर्देशिका तयार पारिसकेको पनि मन्त्रालयका अधिकारीहरूले जनाएका छन्। मन्त्रालयद्वारा जारी वक्तव्यमा लेखिएको छ, 'भारतमा अहिलेसम्म मङ्कीपक्सबाट संक्रमित कोही भेटिएका छैनन्।'   -एएनआई

प्रकाशित: Jun 01, 2022| 08:10 बुधबार, जेठ १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।