बिहीबार, फागुन २१, २०८२

तेल र ग्यासको मूल्य घटाउन किन असफल हुँदैछ अमेरिका?

यो विश्‍वकै सबैभन्दा बढी तेल र ग्यास उत्पादक मुलुक अमेरिकाबाट प्राप्त एक संकेत हो। यसको अर्थ तेल र ग्यासको महँगीको समस्या तत्काल टर्ने कुनै संकेत देखिएको छैन।
 |  मंगलबार, जेठ १७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ १७, २०७९

काठमाडौं- टेक्सासका तेल तथा ग्यास कारोबारी जेसन हेरिक धेरै भन्दा धेरै पेट्रोल हासिल गर्न लागि परेका छन्। उनलाई अहिले जति बढी पेट्रोल भण्डारण गर्न सकियो भने बढी नाफा कमाउन सकिन्छ भन्‍ने उद्देश्य रहेको छ। तर, धेरै प्रयासका बाबजूद पनि उनलाई आफ्नो कम्पनीको तेल उच्पादन बढ्छ भन्‍ने लागेको छैन। उनको कम्पनीको तेल उत्पादनमा गिरावट आएको यो लगातार तेस्रो वर्ष हो। 

पछिल्लो केही वर्षमा उनको कम्पनी पेन्टेरा इनर्जीले उत्पादन बढाउनका लागि कुनै लगानी बढाएको थिएन। कोभिडका कारण पेट्रोल र ग्यासको उत्पादनमा भारी गिरावट आएको थियो। कोभिडको सुरुवाती दिनमा त इनर्जीको मूल्य शून्यमा झरेको थियो। 

उनले भनेका छन्, 'हाम्रो काम धेरै भन्दा धेरै उत्पादन गर्ने हो। हामी जति धेरै गर्न सक्थ्यौं, त्यति काम गरिसकेका छौं। तर पनि हामीले आवश्यक मात्रामा उत्पादन गर्न सकेका छैनौं। हामीलाई यसअघिको उत्पादनमा आएको गिरावटको भर्पाइ गर्नसक्छौं भन्‍ने लागेको छैन।'

यो विश्‍वकै सबैभन्दा बढी तेल र ग्यास उत्पादक मुलुक अमेरिकाबाट प्राप्त एक संकेत हो। यसको अर्थ तेल र ग्यासको महँगीको समस्या तत्काल टर्ने कुनै संकेत देखिएको छैन। 

२०२१ को सुरुवातदेखि नै तेल र ग्यासको मूल्यमा दुई गुणा वृद्धि भएको थियो। सन् २०२० मा कोभिड लकडाउनको समयमा यसको मूल्य जुन तीव्रताका आधारमा घटेको थियो, त्यही रफ्तारमा अहिले मूल्य वृद्धि भइरहेको छ। 

kumari

जसरी तेल र ग्यासको मूल्य वृद्धि भइरहेको छ, यसलाई हेर्दा अमेरिकामा तेल र ग्यासको उत्पादन यस वर्षदेखि हरेक दिन १० लाख ब्यारेल वृद्धि हुने भएको छ। तर, यो कुल उत्पादनको १० प्रतिशतभन्दा पनि कम हो। जुन अहिलेको बजारको मागलाई पूरा गर्न असफल देखिएको छ।

सन् २०१४ मा जब तेल र ग्यासको मूल्य बढेको थियो, अमेरिकामा त्यस समय २० प्रतिशतले उत्पादन वृद्धि गरिएको थियो। तेल र ग्यास उत्पादनमा कमी आउनुको मुख्य कारण कच्चा पदार्थ र कर्मचारीको कमी रहेको छ। यसकाबाहेक लगानीकर्ताहरुले विश्‍वभर कति तेल र ग्यास आवश्यक हुन्छ भन्‍ने कुरा सोधिरहेका छन्। उनीहरुले जलवायु परिवर्तनको चिन्ताको विषय बनेको जीवाश्‍मा इन्धनको प्रयोगलाई बढाउने विषयमा ध्यान दिइरहेका छन्। 

तेल उत्खनन् कम्पनी लोन स्टार प्रोडक्सनका इन्जिनियर माइक वेन्डटले आवश्यक कच्चा पदार्थ नहुँदा उत्पादनलाई बढाउन नसकिएको बताएका छन्। यसले उत्पादनमा कमी आउनुका साथै लागतमा वृद्धि भएको थियो। उनले भने, 'हामी जतिसक्दो उत्पादन बढाउन चाहन्छौं। तर, उत्पादका लागि आवश्यक सामग्री छैन।' 

इन्स्टिच्युट फर इनर्जी इकोनमिक्स एन्ड फाइनान्सियल एनालिसिसमा आयल एन्ड ग्यास एनालिस्ट ट्रे कोवनले उत्तरी अमेरिकाम तेल कम्पनीहरुले अभूतपूर्व चुनौतीहरुको सामना गर्नुपरेको बताएका छन्। माइक वेन्डेटका कम्पनीजस्ता कम्पनीहरु अझै पनि उत्पादन बढाउने प्रयासमा छन्। तर, आवश्यक कच्चा पदार्थको कमी रहेको छ। 

अमेरिकाले तेल र ग्यासको उत्पादन बढाउन नसक्नुमा जलवायु परिवर्तसम्बन्धी मुद्दा रहेको पनि विश्लेषकहरुले बताउने गरेका छन्। उत्पादनमा बढोत्तरी नभएका कारण मूल्य वृद्धि घट्ने सम्भावना पनि न्युन रहेको छ।  - बीबीसी

प्रकाशित: May 31, 2022| 20:05 मंगलबार, जेठ १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।