बुधबार, असार १०, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • आयातमा भन्सार छुटले स्वदेशी प्याड उद्योग संकटमा पर्ने चिन्ता

आयातमा भन्सार छुटले स्वदेशी प्याड उद्योग संकटमा पर्ने चिन्ता

आर्थिक वर्ष २०७९–०८० को बजेटमा आयातित सेनिटरी प्याडमा ९० प्रतिशत भन्सार महशुल छुट गर्ने व्यवस्थाको नेपाल सेनिटरी प्याड उत्पादन संघले विरोध गरेको छ।
 |  मंगलबार, जेठ १७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ १७, २०७९

काठमाडौं– आर्थिक वर्ष २०७९–०८० को बजेटमा आयातित सेनिटरी प्याडमा ९० प्रतिशत भन्सार महशुल छुट गर्ने व्यवस्थाको नेपाल सेनिटरी प्याड उत्पादन संघले विरोध गरेको छ।

National life

प्याड उत्पादनमा नेपाल आत्मनिर्भर भइसकेको अवस्थामा भन्सार रकममा छुट दिँदा नेपाली उत्पादन धरापमा पर्ने संघका अध्यक्ष डोलप्रसाद अधिकारीले बताएका छन्। 

नेपालमा ठूला साना गरी करिब ४० वटा यस्ता उद्योग रहेको अधिकारीले जानकारी दिए। ८० प्रतिशत बैंकबाट कर्जा लिएर ६ अर्बको लगानीमा सञ्चालित ती उद्योगले नेपाली बजारको मागभन्दा तीन गुणा बढी उत्पादन क्षमता राख्ने उनले बताए।

नेपाली बजारमा वार्षिक ३० करोड थान प्याडको माग रहेको र नेपाली उद्योगको क्षमता ९० करोड थान रहेको उनको भनाइ छ। बजेट भाषण अनुसार हाल १५ प्रतिशत रहेको भन्सार महशुल  १.५ प्रतिशतमा झारिएको छ। तर कच्चा पदार्थमा ५ देखि ३० प्रतिशत महशुल तिर्नुपर्ने अवस्था रहेको छ। सेनिटरी प्याड उद्योगले १५ करोड रुपैयाँ वार्षिक विद्युत महशुल बुझाउने गरेको उनले बताएका छन्।

भन्सार महशुल बढ्दा प्याडको हाल भइरहेको १.५ अर्बको आयात बढेर ५ वर्षमा ७.५ अर्ब पुग्ने र मुलुक व्यापार घाटामा पर्ने उनले बताएका छन्। सामानको अधिकतम मूल्यमा उत्पादकको अधिकार रहेकाले भन्सार महशुल घट्दैमा प्याडको मूल्य घट्ने ग्यारेन्टी नरहेको संघका सदस्य दिनेश अधिकारीले बताए।

Shivam cement

सेनिटरी प्याड संवेदनशील रहेको र यो गुणस्तर नहुँदा उपभोक्ताको शरीरमा नराम्रो असर पुग्ने उनले बताए। आयात हुँदा गुणस्तरको चेकजाँच हुने नगरेको उनको भनाइ छ। भारतमा गुणस्तर मापदण्ड लागू भएको ५० वर्ष भइसक्दा पनि कुनै पनि ब्राण्डका प्याडले गुणस्तर चिन्ह लिन नसकेको संघको भनाइ छ। नेपालमा उत्पादित सबै ब्राण्डका प्याडले नेपाल गुणस्तर चिन्ह पाएकाले नेपाली ब्राण्डको गुणस्तरमा कुनै शंका नरहेको उनले बताए। 

सेनिटरी प्याडको भन्सार महशुलमा  छुट नदिएर कच्चा पदार्थमा छुट दिए आयातित प्याड भन्दा सस्तो र गुणस्तरीय प्याड उपभोक्तामा पुर्याउन सक्ने उत्पादक डा. सपना पाण्डे भुसालले बताइन्। भन्सार महशुल बढाउनुको सट्टा स्वदेशी उद्योगलाई उत्पादनको लागि सहज वातावरण मिलाएर निर्यात सरकारले ध्यान दिनुपर्ने उनले बताएकी हुन्। 

‘स्वदेशी उत्पादनले नपुगे वा गुणस्तर राम्रो नभए मात्र आयात गर्नुपर्छ। महिलाहरुलाई आवश्यक पर्ने उच्च स्तरको प्याड नेपालमै उत्पाद हुने गरेको छ,’ उनले भनिन्।

राष्ट्रिय उद्योग व्यापार महासंघका उपाध्यक्ष सूर्यबहादुर थापाले ६ हजार मानिसले रोजगारी पाइरहेको सेनिटरी प्याड उद्योग  धराशयमा परेको बताए। राज्य आत्मनिर्भर बन्नको लागि उद्योगको विकास आवश्यक रहेको उनको भनाइ छ।

प्रकाशित: May 31, 2022| 17:05 मंगलबार, जेठ १७, २०७९
प्रतिक्रिया दिनुहोस्