आइतबार, असोज ११, २०८३

नेप्सेको ओरालो यात्रा जारी

सेयर बजार मापक नेप्से परिसूचक मंगलबार पनि उच्च अंकले घटेको छ।
 |  मंगलबार, जेठ १७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ १७, २०७९

काठमाडौं– सेयर बजार मापक नेप्से परिसूचक मंगलबार पनि उच्च अंकले घटेको छ। साताको दोस्रो कारोबार दिन मंगलबार नेप्से ३५.५३ अंकले घटेर २१३७.९२ बिन्दुमा झरेको छ।

सेन्सेटिभ इण्डेक्स ७.११ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.४० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.१० अंकले घटेको छ। मंगलबार कारोबारमा आएका २२९ कम्पनीको ३७ लाख ६९ हजार कित्ता सेयर १ अर्ब ३१ करोड ७६ लाख रुपैयाँ बराबरको  खरिदबिक्री भएको छ।

सोमबारको तुलनामा आज कारोबार रकममा पनि गिरावट आएको छ। 

आइतबार भने गणतन्त्र दिवसको सार्वजनिक बिदाका कारण सेयर कारोबार भएन। सरकारले आगामी आर्थिक वर्ष २०७९–९८० को बजेट संसद्मा प्रस्तुत गरेको भोलिपल्ट सोमबार सेयर बजार परिसूचक उच्च अंकले घटेको थियो। साताको पहिलो कारोबार दिन नेप्से ४५.०९ अंकले घटेर २१७८.६९ अंकमा ओर्लिएको थियो।


प्रकाशित: May 31, 2022| 16:18 मंगलबार, जेठ १७, २०७९
प्रतिक्रिया दिनुहोस्