आइतबार, असोज ११, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • जावा फोर्टी–टु स्पोर्टस् स्ट्राइप बाइक नेपाली बजारमा

जावा फोर्टी–टु स्पोर्टस् स्ट्राइप बाइक नेपाली बजारमा

नेपालमा क्लासिक लिजेन्ड्सको अधिकृत वितरक अग्नि ग्रुपको सहायक कम्पनी अग्नि मोटोइंक प्रालिले जावा फोर्टी–टु स्पोर्टस् स्ट्राइप मोटरसाइकल बजारमा ल्याएको छ ।
 |  मंगलबार, जेठ १७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ १७, २०७९

काठमाडौं– नेपालमा क्लासिक लिजेन्ड्सको अधिकृत वितरक अग्नि ग्रुपको सहायक कम्पनी अग्नि मोटोइंक प्रालिले जावा फोर्टी–टु स्पोर्टस् स्ट्राइप मोटरसाइकल बजारमा ल्याएको छ ।

अलस्टार ब्ल्याक, ओरियन रेड र सिरियस ह्वाइटमा उपलब्ध यो मोटरसाइकल स्टाइलिङ र प्राविधिक पक्षमा विशिष्ट रहेको कम्पनीको दावी छ । जावा मोटरसाइकलको सोरुम उत्तरढोकामा आयोजित एक कार्यक्रममा यसअघि नै प्रि–बुकिङ गरेकालाई मोटरसाइकल प्रदान गरिएको थियो । 

अग्नि मोटोइंकका महाप्रबन्धक शरद मिश्रले विगत दुई वर्षदेखि नेपालमा जावा बाइकको बिक्री वितरण प्रभावकारी भएको बताए। उनले भने ‘आगामी दिनहरुमा जावा ४२ स्पोर्ट्स स्ट्राइपले पनि माया पाउनेमा विश्वस्त पनि छौँ।’ हाल ७ लाख ५८ हजार रुपैयाँ मूल्य तोकिएको जावा ४२ स्पोर्ट्स स्ट्राइप जावाका डिलरहरुमार्फत खरिद गर्न सकिने कम्पनीले जनाएको छ।

यसमा रहेको २९३ सीसी बीएस–सिक्स लिक्विड कुल्ड, फ्युल–इन्जेक्टेड इन्जिनले हाल २७।३३ पीएस पावर र २७।०२ एनएम टर्क उत्पादनको क्षमता राख्दछ। सिंगल सिलिन्डरयुक्त इन्जिनले जावाको भोल्युमेट्रिक दक्षतालाई उत्कृष्ट चार्ज र निकास ग्यास प्रवाहको लागि सहज बनाएको कम्पनीको भनाइ छ। जावामा नयाँ सिट प्यानका साथै लामो सवारीमा थप आरामदायी बनाउन कुसनिङको साथ पुनः इन्जिनियरिङ गरिएको छ।

प्रकाशित: May 31, 2022| 14:16 मंगलबार, जेठ १७, २०७९
प्रतिक्रिया दिनुहोस्