आइतबार, असोज ११, २०८३

नेपाल दाना उद्योग संघमा रविन पुरी

नेपाल दाना उद्योग संघको २१औं साधारण सभा काठमाडौंमा सम्पन्न भएको छ।
 |  मंगलबार, जेठ १७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ १७, २०७९

काठमाडौं– नेपाल दाना उद्योग संघको २१औं साधारण सभा काठमाडौंमा सम्पन्न भएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्र राय यादवको प्रमुख आतिथ्यमा सम्पन्न उक्त समारोहको अध्यक्षता नेपाल दाना उद्योग संघका अध्यक्ष रविन पुरीले गरेका थिए।

अध्यक्ष पुरीले नेपाल दाना, कुखुराको चल्ल्ला, अण्डा र मासु उत्पादनमा आत्मनिर्भर भए पनि मुख्य कच्चा पदार्थ मकै तथा भटमासको पिना आयात गर्नुपर्ने वाध्यता रहेको र हाल उक्त कच्चा पदार्थको अन्तर्राष्ट्रिय बजार मूल्य अकासिएसँगै भन्सार दरका कारण झन मारमा परेको बताए। मकै र भटमासको पिनामा आत्मनिर्भर नहुन्जेलसम्म भन्सार महसुल घटाई १.६ प्रतिशत कायम गर्ने, नेपालमै खेती प्रोत्साहन गर्ने कार्यक्रम ल्याउन सरकारी संयन्त्रको ध्यानाकृष्ट गरे।

कार्यक्रममा कृषि तथा पशुपन्छी विकासमन्त्री यादवले मकै तथा भटमासको खेतीमा मन्त्रालयले उचित पहल लिने आश्वासन दिए। उनले समय सापेक्ष कृषि नीति बनाउन पहल ग्रिरहेको र नेपाल दाना उत्पादन, कुखुरा उत्पादन र अण्डा उत्पादनमा आत्मनिर्भर भएकोमा गर्व गर्दै यस क्षेत्रको विकासका लागि उचित व्यवस्थापन गरिने बताए।

साधारणसभाले रविन पुरीको अध्यक्षतामा आगामी २ वर्षका लागि नयाँ कार्यसमिति चयनसमेत गरेको छ।

प्रकाशित: May 31, 2022| 14:02 मंगलबार, जेठ १७, २०७९
प्रतिक्रिया दिनुहोस्