बुधबार, असार १०, २०८३

विराटनगरमा डिसहोम फाइबरनेटको शोरुम

डिसहोम फाइबर नेटले विराटनगरको तिनपैनी सह–वितरण सोरुमको शुभारम्भ गरेको छ। जेठ १५ देखि बिक्री तथा सेवा सुरु गरिएको सो सोरुमको सञ्चालन ग्लोबल पावर पोइन्टले गर्नेछ।
 |  मंगलबार, जेठ १७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ १७, २०७९

काठमाडौं– डिसहोम फाइबर नेटले विराटनगरको तिनपैनी सह–वितरण सोरुमको शुभारम्भ गरेको छ। जेठ १५ देखि बिक्री तथा सेवा सुरु गरिएको सो सोरुमको सञ्चालन ग्लोबल पावर पोइन्टले गर्नेछ। 

National life

सोरुम उद्घाटनमा डिसहोमका तर्फबाट पूर्वी क्षेत्रीय सेल्स म्यानेजर बिपिन्द्र न्यौपाने र सेल्स अफिसर शिव निरौलाको उपस्थिति रहेको थियो भने डिलरका तर्फबाट अमिताभ महेश्वरीको लगायत विराटनगर महानगरपालिकाका डिलरको उपस्थिति रहेको थियो।

डिस मिडिया नेटवर्कसँग सहकार्य गरी डिसहोमको डीटीएच सेवा ग्राहकहरूमाझ पु¥याउँदै आएका ग्लोबल पावर पोइन्टले अब डिसहोम फाइबरनेट बिक्री र बिक्रीपछिको सेवा नयाँ सोरुममार्फत दिनेछ । 

२ हजारभन्दा धेरै ग्राहकलाई डिसहोम फाइबरनेटको सेवा उपलब्ध गराइसकेका ग्लोबल पावर पोइन्टले अब अझ बढी ग्राहकहरूको माझ पुग्नको लागि पनि यस नयाँ सोरुमले मद्दत गर्ने ग्लोबल पावर पोइन्टका सञ्चालक सुवास रिजालले जानकारी दिए।

प्रकाशित: May 31, 2022| 13:44 मंगलबार, जेठ १७, २०७९
प्रतिक्रिया दिनुहोस्