आइतबार, असोज ११, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • जनार्दनमाथि योगेश भट्टराईको व्यंग्य– यसपालि बजेटको ब्रिफकेस खोसिएन, कुर्सी र माइक भाँचिएनन्

जनार्दनमाथि योगेश भट्टराईको व्यंग्य– यसपालि बजेटको ब्रिफकेस खोसिएन, कुर्सी र माइक भाँचिएनन्

नेकपा एमालेका सांसद योगेश भट्टराईले अर्थमन्त्री जनार्दन शर्मामाथि व्यंग्य गरेका छन्। आइतबार संसद् बैठकमा प्रस्तुत भएको आगामी आर्थिक वर्षको बजेटमाथि आजबाट सुरु भएको छलफलमा भाग लिँदै उनले अर्थमन्त्रीप्रति कटाक्ष गरेका हुन्।
 |  मंगलबार, जेठ १७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ १७, २०७९

काठमाडौं– नेकपा एमालेका सांसद योगेश भट्टराईले अर्थमन्त्री जनार्दन शर्मामाथि व्यंग्य गरेका छन्। आइतबार संसद् बैठकमा प्रस्तुत भएको आगामी आर्थिक वर्षको बजेटमाथि आजबाट सुरु भएको छलफलमा भाग लिँदै उनले अर्थमन्त्रीप्रति कटाक्ष गरेका हुन्। 

यसपालि बजेट प्रस्तुत गर्ने क्रममा ब्रिफकेस नखोसिएको, कुर्सी नभाँचिएको र माइक तोडफोड नगरिएको भन्दै उनले खुसी व्यक्त गरे। यसलाई लोकतन्त्र बलियो हुँदै गएको रुपमा आफूले हेरेको भट्टराईको भनाइ थियो। ‘यस पटक माननीय अर्थमन्त्रीज्यूले बजेट प्रस्तुत गरिरहँदा उहाँले बोक्नुभएको बजेट ब्रिफकेस खोसिएन। संसदमा माननीय सांसदहरु बस्ने कुर्सी भाँचिएनन्। सांसदको माइकहरु भाँचिएनन् र शान्तपूर्वक अर्थमन्त्रीज्यूले बजेट पढ्न पाउनु भयो। सायद हाम्रो लोकतान्त्रिक प्रकृया, संवैधानिक प्रकृया परिपक्व हुँदै जाँदैछ। हामी उत्तेजना र आवेगबाट संयमता र धैर्यतातिर जादैछौं,’ उनले भने।

बजेटको प्राथमिकता र गन्तव्य कता हो भनेर आफूहरुले प्रश्न उठाइरहेको भन्दै भट्टराईले थपे, ‘यो बजेट हेर्दा कतैकतै  १९७०–८० को दशकतिरको माओ त्से तुङको गन्ध आउँछ। अलिअलि मार्क्सको पनि गन्ध आउँछ। वास्तवमा यो बजेट चौबाटोमा उभिएको छ। कता जाने यो बजेटले गन्तव्य निश्चित गरेको छैन। यो त्यही बस्छ र अलमलिएर बस्छ।’

समाजिक रुपान्तरण, सामाजिक विभेद र आर्थिक विभेद अन्त्यका लागि सम्वन्धित स्थानीय तहमा रहेका उत्पादनका साधनको सम्बन्ध सुधार गर्दै उन्नत समाज निर्माण गर्ने मुलुकको उद्देश्य भए पनि बजेटले त्यसतर्फको दिशा समाउन नसकेको आरोप भट्टराईले लगाए। उत्पादक शक्तिहरुको विकास गर्ने कुराहरु र  उत्पादनका साधनहरुको विकास गर्ने कुरामा बजेटले कुनै पनि ध्यान नदिएको उनले दाबी गरे।

विगतमा अर्थमन्त्री शर्माले अन्तर्वार्ताका क्रममा शिक्षा र स्वास्थ्यको क्षेत्रमा कमिसन नपाएकाले बजेट नबढाइएको बताएको सुनाउँदै भट्टराईले भने ‘प्रतिनिधिसभाको रुपको सदस्यको रुपमा उहाँले एउटा अन्तर्वार्ता दिइरहनु भएको थियो। मैले टिकटकमा हिजो मात्रै हेरेको थिएँ। अन्तर्वार्तामा शिक्षा र स्वास्थ्यको सन्दर्भमा किन बजेट बढाइएन भन्ने प्रश्नको उत्तरमा उहाँले शिक्षा तथा स्वास्थ्यको क्षेत्रमा २० प्रतिशत बजेट हुनुपर्ने भन्दै कमिसन नआउने भएकाले बजेट बढाइँदैन भन्नुभएको छ। आज स्वयं अर्थमन्त्रीको प्रस्तुत बजेटमा शिक्षामा १० प्रतिशत पनि बजेट बढाउनु भएको छैन। स्वास्थ्यको बजेट घटाइएको छ।'

प्रकाशित: May 31, 2022| 13:41 मंगलबार, जेठ १७, २०७९
प्रतिक्रिया दिनुहोस्