बुधबार, असार १०, २०८३

काठमाडौंदेखि भोटेचौरसम्म एनटर्क राइड

भीएस मोटर कम्पनीको आधिकारिक वितरक जगदम्बा मोटर्सले काठमाडौंदेखि भोटेचौर सम्मको आफ्नो एनओजी (एन्टर्क ओनर्स ग्रुप) राइड सम्पन्न गरेको छ ।
 |  मंगलबार, जेठ १७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ १७, २०७९
National life
Shivam cement

काठमाडौं– भीएस मोटर कम्पनीको आधिकारिक वितरक जगदम्बा मोटर्सले काठमाडौंदेखि भोटेचौर सम्मको आफ्नो  एनओजी (एन्टर्क ओनर्स ग्रुप) राइड सम्पन्न गरेको छ ।

जेठ १४ गते शनिबार आयोजना भएको उक्त राइड काठमाडौंको महालक्ष्मीस्थान स्थित टिभिएसको युनिराइड सोरुमबाट सुरु भएर बालकुमारी, तिनकुने  एअरपोर्ट, गौशाला, चाबहिल, जोरपाटी, मुलपानी, साँखु हुँदै भोटेचौर हेवन हिल रिसोर्टसम्म पुगेको थियो । उक्त राइडमा सहभागीहरूबिच एकतामूलक विभिन्न खेलहरू खेलाइएको जनाएको छ ।  

राइडमा टिभिएस एनटर्कका ७० जना राइडरहरूका साथै मोटो भ्लगरहरूको उपस्थिति थियो । नेपालको प्रसिद्ध महिला बडी बिल्डर सनम मूलघुटी, प्रसिद्ध पुरुष बडी बिल्डर अमित चन्द्र आर्या र  कलाकारहरू उषा उप्रेती र बिपिन श्रेष्ठको पनि सहभागिता रहेको जगदम्बा मोटर्सको मार्केटिङ नायब कार्यकारी प्रमुख विक्रम पौडेलले जानकारी दिए

प्रकाशित: May 31, 2022| 13:33 मंगलबार, जेठ १७, २०७९
प्रतिक्रिया दिनुहोस्