आइतबार, असोज ११, २०८३

एभरेष्ट बैंक र गेटवे पेमेन्ट नेपालबीच सम्झौता

डिजिटल पेमेन्ट इकोसिस्टमलाई सबल बनाउने हेतुले एभरेष्ट बैंक लिमिटेडले गेटवे पेमेन्ट नेपाल प्रालिसँग सम्झौता गरेको छ।
 |  मंगलबार, जेठ १७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ १७, २०७९

काठमाडौं– डिजिटल पेमेन्ट इकोसिस्टमलाई सबल बनाउने हेतुले एभरेष्ट बैंक लिमिटेडले गेटवे पेमेन्ट नेपाल प्रालिसँग सम्झौता गरेको छ।

सम्झौता पश्चात बैंकका ग्राहकहरुले भारतमा पेटिएम, गुगलपे, फोनपे आदि स्वीकार गर्ने विभिन्न आउटलेटहरूमा खरिद गरिएका सामान र सेवाहरूको भुक्तानी क्यूआर मार्फत गर्न सकिने छ।

यसका साथै भारतमा बसोबास गर्ने नेपालीहरूले सिधै एभरेष्ट बैंकको खातामा पैसा पठाउन पनि सक्नेछन् र नेपाल भ्रमण गर्ने भारतीय पर्यटकहरूलाई नेपालमा भुक्तान गर्न पनि सहज हुनेछ।

भारतको पञ्जाब नेशनल बैंकसँगको संयुक्त लगानीमा संचालित एभरेष्ट बैंकका हाल लाखौं ग्राहक रहेका बैंकले जनाएको छ।

बैंकले आफ्नो ११६ शाखाहरु, ३१ राजस्व सङ्कलन काउन्टर, १५० एटीएम तथा आफ्नो फराकिलो विश्वव्यापी नेटवर्क मार्फत अन्तर्राष्ट्रिय स्तरको व्यावसायिक र प्रभावकारी बैंकिङ सेवाहरू प्रदान गर्दै आइरहेको जनाएको छ।


प्रकाशित: May 31, 2022| 13:25 मंगलबार, जेठ १७, २०७९
प्रतिक्रिया दिनुहोस्