बुधबार, असार १०, २०८३

इन्नोसियसआर र एनएमबी बैंकबीच साझेदारी

दक्षिण कोरियाली सामग्री प्रविधि कम्पनी, इन्नोसियसआर र एनएमबी बैंक अफ नेपालले, नेपालमा गुड ब्रिक्स सिस्टम (जीएसबी) लाई प्रवर्द्धन र शिघ्र रूपमा अघि बढाउन नयाँ साझेदारीको घोषणा गरेको छ।
 |  मंगलबार, जेठ १७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ १७, २०७९

काठमाडौं– दक्षिण कोरियाली सामग्री प्रविधि कम्पनी, इन्नोसियसआर र एनएमबी बैंक अफ नेपालले, नेपालमा गुड ब्रिक्स सिस्टम (जीएसबी) लाई प्रवर्द्धन र शिघ्र रूपमा अघि बढाउन नयाँ साझेदारीको घोषणा गरेको छ।

National life

गुड ब्रिक्स सिस्टम इन्नोसियसआर द्वारा यसको गुड सोयल स्टेबिलाइजर प्रयोग गरी विकास गरिएको नन–फायर ईंटा उत्पादन प्रविधि हो।

सहमति पत्रमा एनएमबी बैंकका तर्फबाट प्रमुख लगानी अधिकृत, श्रीजेश घिमिरे र इन्नोसियसआर का तर्फबाट प्रमुख कार्यकारी अधिकृत साम युन सुक लीले हस्ताक्षर गरेका छन्।

सहमति अनुसार, एनएमबि बैंकले बहुपक्षीय विकास बैंक, गैरसरकारी संस्था, सरकार र अन्य वित्तीय संस्थाहरू लगायतका विभिन्न स्रोतहरूबाट गुड ब्रिक्स सिस्टम सम्बन्धी बाह्य कोषका लागि एजेन्ट बैंकको रूपमा काम गर्नेछ।

एनएमबी बैंकले इँटा भट्टा मालिकहरूलाई गुड ब्रिक्स सिस्टम लागू गर्न आवश्यक लगनशीलता र प्रक्रियाहरू पूरा गर्न ऋण, जमानत, मिश्रित वित्तीय उपकरणहरुद्धारा वित्तीय सहयोगहरु पनि उपलब्ध गराउनेछ। एनएमबीले वातावरण प्रति थप जिम्मेवार बन्दै दीगो बैंकिङ अभियानको एक पाइला स्वरुप इन्नोसियरसँग साझेदारी गरेको छ।

Shivam cement

इन्नोसियसआरद्वारा विकसित गुड सोइल स्टेबिलाइजर, एक विशेष रसायन हो जसले कडा अन्तर्राष्ट्रिय मापदण्डहरू पूरा गर्ने इट्टाहरूका लागि आवश्यक गुणस्तरमा पुग्न माटो र सिमेन्ट बीच बाइन्डिङ गर्न सक्षम बनाउँछ। गुड ब्रिक्स सिस्टमले सोइल स्टेबिलाइजर प्रयोग गरी ईंटा उत्पादन गर्ने प्रक्रिया, इन्डोर कारखानामा इँटाहरू उत्पादन गर्न हाइड्रोलिक मेसिनको प्रयोग गर्दछ, जसले वर्ष भरि कोइला  प्रयोग नगरी गुणस्तरीय इँटाहरू प्रदान गर्दछ साथै यसमा १–१० का आधारमा कामदार र जग्गा चाहिने हुन्छ।

प्रकाशित: May 31, 2022| 13:04 मंगलबार, जेठ १७, २०७९
प्रतिक्रिया दिनुहोस्