आइतबार, असोज ११, २०८३

कुमारी बैंकका ग्राहकलाई लाल रत्न अस्पतालमा छुट

कुमारी बैंक लिमिटेड र सुदूरपश्चिम प्रदेशको कैलाली, लम्की चुहा नगरपालिकास्थित लाल रत्न अस्पतालबीच बैंकका ग्राहकलाई अस्पतालबाट प्रदान गरिने स्वस्थोउपचार सम्बन्धी सेवाहरुमा विशेष छुट प्रदान गर्ने समझदारी भएको छ।
 |  मंगलबार, जेठ १७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ १७, २०७९

काठमाडौं– कुमारी बैंक लिमिटेड र सुदूरपश्चिम प्रदेशको कैलाली, लम्की चुहा नगरपालिकास्थित लाल रत्न अस्पतालबीच बैंकका ग्राहकलाई अस्पतालबाट प्रदान गरिने स्वस्थोउपचार सम्बन्धी सेवाहरुमा विशेष छुट प्रदान गर्ने समझदारी भएको छ।

सम्झौता अनुसार कुमारी बैंक लिमिटेडका ग्राहकहरुले सो अस्पतालबाट सेवा लिए वापत कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिटरक्रेडिट कार्ड वा मोबाइल बैंकिङबाट गर्दा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्।

यस सुविधाबाट सुदूरपश्चिम प्रदेशका सेवाग्राहीहरुले गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्न सक्नेमा विश्वस्त रहेको बैंकले जनाएको छ।

कुमारी बैंकले आफ्ना देशव्यापी १९७ शाखा सञ्जाल, १८१ एटिएम, ४२ शाखारहित बैंकिङ्ग ईकाई तथा १६ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएको र आगामी दिनहरुमा अझ सुरक्षित, सरल, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लगिने प्रतिबद्धता जनाएको छ। 


प्रकाशित: May 31, 2022| 12:51 मंगलबार, जेठ १७, २०७९
प्रतिक्रिया दिनुहोस्