आइतबार, वैशाख १३, २०८३

बेइजिङमा हजारौंले गरे क्‍वारेन्टाइन नियम उल्लंघन

चीनको राजधानी बेइजिङमा कोरोना भाइरसबाट सङ्क्रमित भएकाहरूले कोरोना नियन्त्रण सम्बन्धी नियमहरूको उलङ्घन गर्न थालेका छन्।
 |  मंगलबार, जेठ १७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ १७, २०७९

बेइजिङ - चीनको राजधानी बेइजिङमा कोरोना भाइरसबाट सङ्क्रमित भएकाहरूले कोरोना नियन्त्रण सम्बन्धी नियमहरूको उलङ्घन गर्न थालेका छन्।  

National life

दैनिक हजारौँले नियम उलङ्घन गर्ने गरेको स्थानीय बासिन्दाले जानकारी दिएका छन्।  क्वारेन्टाइनमा बसेका वा बस्नुपर्ने अवस्थामा रहेकाहरू नै अहिले बाहिर निस्कने गरेको उनीहरूको भनाई छ।  

चीनमा कोरोना भाइरसको सङ्क्रमण फेरि बढ्न थालेपछि पछिल्लो पाँच हप्तादेखि सरकारले आम नागरिकलाई घर भित्रै बस्न अनुरोध गरेको छ।  

विषेश गरेर सङ्क्रमित भएकाहरूलाई कोरोना भाइरस नियन्त्रण सम्बन्धी नियमहरूको पालना कडाइका साथ गर्न पनि सरकारी अधिकारीहरूले आह्वान गर्दै आएका छन्। 

लामो समयदेखि क्वारेन्टाइनमा बस्नु परेको र बाहिर निस्कन नपाएकोले सरकारी नियम नै उलङ्घन गरी बाहिर निस्कने गरेको उनीहरूले बताएका छन्।  

kumari

प्रकाशित: May 31, 2022| 05:00 मंगलबार, जेठ १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।