बिहीबार, फागुन २१, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • सुडानमा संकटकाल अन्त्यका लागि संयुक्त राष्ट्रसंघको आग्रह

सुडानमा संकटकाल अन्त्यका लागि संयुक्त राष्ट्रसंघको आग्रह

उनले सुडानमा हाल जारी रहेको संकटकालको अन्त्य गरेर यहाँको समस्या समाधानका लागि राजनीतिक निकास खोज्नुपर्ने बताएका हुन्।
 |  सोमबार, जेठ १६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १६, २०७९

खर्तोम- सुडानका लागि संयुक्त राष्ट्रसंघीय मिसनका प्रमुखले सुडानमा संकटकालको अन्त्यका लागि आग्रह गरेका छन्। उनले सुडानमा हाल जारी रहेको संकटकालको अन्त्य गरेर यहाँको समस्या समाधानका लागि राजनीतिक निकास खोज्नुपर्ने बताएका हुन्।

सुडानका लागि संयुक्त राष्ट्रसंघीय मिसनका प्रमुख भोल्कर पेर्थस्ले यहाँ राजनीतिक संकट एकपछि अर्को गरी संकटमा पर्दै गएकाले यसको निकासका लागि आग्रह गरेका हुन्।

उनले भनेका छन्, 'सुडानमा पछिल्ला केही दिनहरुमा एकपछि अर्को गरेर राजनीतिक हिंसा भएको छ र यसबाट यहाँका नागरिकहरुमा असुरक्षा बढेको छ, त्यसैले सुडानका सबै पक्षले अहिलेको हिंसालाई अघि बढाएर होइन कि शान्तिपूर्ण रुपमा राजनीतिक निकास खोज्नुपर्दछ।'

सुडानमा आइतबार मात्र पनि सरकारका विरुद्धमा आन्दोलन भएको र त्यसमा गोली लागेर केही युवाको ज्यान गएको थियो। सो घटनाप्रति पनि उनले दुःख व्यक्त गरेका छन्।

उनले आइतबार एक विज्ञप्ति प्रकाशन गरेर भनेका छन्, 'यो हिंसालाई बढावा दिने समय होइन, बरु शान्तिपूर्ण माध्यमबाट समस्याको निकास दिने समय हो।'  -सिन्ह्वा

kumari

प्रकाशित: May 30, 2022| 14:50 सोमबार, जेठ १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।