बिहीबार, फागुन २१, २०८२

इरानमा भवन भत्किँदा २९ जनाको मृत्यु, ३८ बेपत्ता

इरानको राजधानी तेहरानमा एक भवन भत्किँदा २९ जनाले ज्यान गुमाएका छन्। आइतबार १० तले भवन भत्किँदा २९ जनाले ज्यान गुमाएका छन् भने ३८ जना बेपत्ता भएका छन्।
 |  सोमबार, जेठ १६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १६, २०७९

काठमाडौं- इरानको राजधानी तेहरानमा एक भवन भत्किँदा २९ जनाले ज्यान गुमाएका छन्। आइतबार १० तले भवन भत्किँदा २९ जनाले ज्यान गुमाएका छन् भने ३८ जना बेपत्ता भएका छन्।

त्यहाँको तासनिम समाचार समितिले दिएको जानकारी अनुसार उक्त भवनमा परेकाहरूको उद्धार कार्य जारी रहेको छ। इरानको खुजृस्तान प्रान्तका गभर्नर सादिक खालियानले हेरान प्रान्तको अब्दान सहरमा उक्त घर भत्किँएको हो।

गभर्नर खालियानले उक्त दुर्घटनाग्रस्त क्षेत्रको भ्रमण गरेर यहाँका समाचारदातालाई  दिएको जानकारी अहिलेसम्म मृत्यु भएका २९ जनाको शव निकालिएको छ। उनका अनुसार मृत्यु भएका मध्ये केहीको पहिचान खुल्न बाँकी रहेको छ।

सो भवन निर्माणाधीन अवस्थामा रहेको थियो। सहरको बीच भागमा निकै भीडभाड हुने क्षेत्रमा सो भवनको निर्माण भइरहेको थियो। हराएकाहरुको खोजीका लागि ठूलो संख्यामा प्रहरी र उद्धारकर्मी परिचालन गरिएको छ।

प्रकाशित: May 30, 2022| 13:02 सोमबार, जेठ १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।