काठमाडौं- भारतको लद्दाखमा सेनाको गाडी दुर्घटना हुँदा सात सैनिकले ज्यान गुमाएका छन्। दुर्घटनामा १९ जना गम्भीर घाइते भएका छन्।
लद्दाखको प्रतापपुरस्थित ट्रान्जिट क्याम्पबाट सब सेक्टर हनिफतर्फ गइरहेको २६ सैनिक सवार गाडी सडकबाट श्योक नदीमा खसेको थियो। भारतीय सेनाका प्रवक्ताले घटनाबारे पुष्टि गर्दै समाचार एजेन्सी पीटीआईलाई जनाए अनुसार गाडी सडकबाट करिब ५०–६० फिट तल नदीमा खसेको थियो।
दुर्घटनालाई लिएर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दु:ख व्यक्त गरेका छन्। ‘लद्दाखमा बस दुर्घटनामा सैनिक जवानहरूको मृत्युलाई लिएर धेरै दु:खी छु। यी बहादुर सैनिकका परिवारमाथि मेरे गहिरो समवेदना छ । आशा गर्छु घाइते सैनिक छिटोभन्दा छिटो निको हुनेछन्,’ मोदीले भनेका छन्।