किभ- यूक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेनेस्की र फिनल्याण्डका प्रधानमन्त्री सान मारिनबीच भेटवार्ता भएको छ। यूक्रेन भ्रमणमा रहेकी मारिनले जेलेनेस्कीलाई यूक्रेनको राजधानी कीभमा बिहीबार भेटवार्ता भएको हो।
भेटवार्ताका क्रममा उनीहरुले यूरोपेली मुलुकहरुको आपसी सम्बन्ध र सहकार्यका बारेमा छलफल गरेको बताइएको छ।
राष्ट्रपति जेलेनेस्कीको सचिवालयले दिएको जानकारी अनुसार उनीहरुले युद्धपछि यूक्रेनलाई चाहिएको सहयोग, त्यसका लागि आवश्यक कामहरुका बारेमा कुराकानी गरेका थिए।
सो अवसरमा आर्थिक, सुरक्षा र मानवीयता सम्वन्धी सहयोगहरु उपलब्ध गराएकोमा यूक्रेनका राष्ट्रपति जेलेनेस्कीले फिनल्याण्डका प्रधानमन्त्रीलाई धन्यवाद पनि दिएका थिए।