बिहीबार, फागुन २१, २०८२

इथियोपियामा दर्जनभन्दा बढी पत्रकार पक्राउ

हालैको गिरफ्तारीमा अम्हारिक भाषाको पत्रिका ‘फितिह’ का प्रधान सम्पादक टेमेस्जेन डेसालेगन पनि परेका छन्। उनलाई बिहीबार बिहान आफ्नो कार्यालयबाट सादा पोषाकमा आएका सुरक्षाकर्मीले पक्राउ गरेका उनका सहकर्मी मिस्गन जिनाबुले एएफपीलाई बताए।
 |  शनिबार, जेठ १४, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, जेठ १४, २०७९

इथियोपिया- इथियोपियामा अपराधविरोधी अभियानलाई साथ दिएको आरोपमा कम्तीमा एक दर्जनभन्दा बढी पत्रकार पक्राउ परेका सञ्चारकर्मी तथा अधिकारकर्मी समूहले शुक्रबार बताएका छन्। अन्तर्राष्ट्रिय समुदायले चासोका साथ हेर्दै आएको उक्त धरपकडमा अपराध विरोधी अभियानमा सम्लग्न चार हजारभन्दा बढी मानिसहरूलाई पक्राउ गरी कडा सुरक्षा नियन्त्रणमा राखेको पत्रकार तथा अधिकार समूहहरूले बताएका छन्। 

पछिल्लो समय अभियानबारे समाचार लेखेको आरोपमा पत्रकारहरूलाई पनि निसाना बनाइएको रिपोर्ट गरिएको छ।

हालैको गिरफ्तारीमा अम्हारिक भाषाको पत्रिका ‘फितिह’ का प्रधान सम्पादक टेमेस्जेन डेसालेगन पनि परेका छन्। उनलाई बिहीबार बिहान आफ्नो कार्यालयबाट सादा पोषाकमा आएका सुरक्षाकर्मीले पक्राउ गरेका उनका सहकर्मी मिस्गन जिनाबुले एएफपीलाई बताए। 

'सुरुमा त उनीहरूले टेमेजनलाई स्थानीय प्रहरी चौकीमा लगे। सुरक्षा बलले उहाँलाई पछि गोप्य स्थानमा सारेको छ।' उनलाई कहाँ राखिएको भन्नेबारे कुनै जानकारी आएको छैन। 

प्रहरीले बिहीबार टेमेस्जेनको घरमा पनि आक्रमण गरेका पत्रिका, डिस्क ड्राइभ र क्यामेरा जफत गरेका बताइएको छ। अर्का पत्रकार तथा युट्युबर यायसेवे शिमेलीस बिहीबार दिउँसो राजधानी अदिस अबाबास्थित घरबाट पक्राउ पर्नुभएको उहाँका पूर्व सहकर्मी बेकल अलामिरेले एएफपीलाई बताए।

kumari

पूर्व टिभी होस्टलाई शुक्रबार अदालतमा उपस्थित गरिएको बताउँदै उनले भने, 'याइसेवलाई प्रहरीले समाचारमार्फत हिंसा भड्काउने काम गरेको आरोप लगाइएको छ।'

दुवैले आफ्नो यूट्यूब च्यानलमा इथियोपियाली घटनाक्रमलाई रिपोर्टिङ गरेको थिए। दुवैले गत हप्ता अम्हारामा उनीहरूका स्टुडियोहरूमा छापा मारिएको र कर्मचारीहरूलाई लगिएको बताएका थिए। 

पक्राउ धेरै पत्रकारहरूलाई कहाँ राखिएको छ भन्ने जानकारी गराइएको छैन। अशारा नामक समाचार संस्थाले पनि आफ्ना यसका पाँच जना कर्मचारीलाई पक्राउ गरिएको बताएको छ।

यूट्यूबमार्फत् कार्यक्रम चलाउँदै आएका प्रसिद्ध कार्यक्रम प्रस्तोता सोलोमन शुमीलाई पनि गत हप्ता अदिस अबाबाबाट पक्राउ गरिएको थियो। उनीमाथि पनि हिंसा भड्काउने खालका सामग्री प्रशारण गरेको आरोप लगाइएको दिदी टिगिस्ट शुमीले बताए। 

इथियोपियामा अपराध तथा भ्रष्टाचारविरोधी आन्दोलनले उत्कर्ष स्वरूप लिन थालेपछि यहाँको प्रशासनले चर्चित अभियन्ताहरूलाई पक्राउ गरेको छ। 

प्रकाशित: May 28, 2022| 05:00 शनिबार, जेठ १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।