मस्को- युक्रेनसँगको युद्धमा सहभागी हुन अस्वीकार गर्ने सेनालाई रुसले बर्खास्त गरेको छ।
समाचार एजेन्सी एएफपीका अनुसार रुसको अदालतले युद्धमा सहभागी नहुने ११५ सैनिकले गरेको अपिल खारेज गरेको हो। उनीहरुले यसअघि सरकारले गरेको बर्खास्तीको निर्णयविरुद्ध अदालतमा मुद्दा दायर गरेका थिए।
रुसले २४ फेब्रुअरीमा युक्रनेमाथिको आक्रमण सुरु गरेको थियो। विगत तीन महिनादेखि चलिरहेको युद्धमा पहिलो पटक रुसी सेनाले युद्धमा सहभागी हुन अस्वीकार गरेको कुरा सार्वजनिक भएको हो।
रुसको दक्षिण काबारदीनो-बाल्कारिया रिपब्लिकमा रहेको सैन्य अदालले यस मुद्दा दायर गर्नेहरुलाई मनोमानी ढंगले निर्णय गर्न नपाउने जनाएको छ।