बिहीबार, फागुन २१, २०८२

'शिन्जियाङमा विगर मुसलमानमाथि मानवताविरुद्धको अपराध'

चीनको उत्तर–पश्चिमी राज्य शिन्जियाङमा त्यहाँको सरकारले विगर तथा अन्य ईस्लामी समुदायमाथि नरसंहारजस्ता मानवता विरुद्धका अपराध गरिरहेको खुलासा भएको छ।
 |  शुक्रबार, जेठ १३, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ १३, २०७९

काठमाडौं– चीनको उत्तर–पश्चिमी राज्य शिन्जियाङमा त्यहाँको सरकारले विगर तथा अन्य ईस्लामी समुदायमाथि नरसंहारजस्ता मानवता विरुद्धका अपराध गरिरहेको खुलासा भएको छ।

मानव अधिकारकर्मीहरुका अनुसार राज्यले १० लाखभन्दा बढी विगरहरुलाई इच्छा विपरीत ‘पुनः शिक्षा क्याम्प’मा राखेको अनि सयौंलाई जेल सजायसमेत तोकेको छ।

यस्ता शिविरहरुमा सशस्त्र सैनिकहरुको प्रयोग गरिने बीबीसीलाई सन् २०२२ मा प्राप्त भएका प्रहरीका दस्तावेजहरुमा उल्लेख छ। साथै, शिविरबाट भाग्ने प्रयास गर्नेलाई गोली हानेर हत्या गर्ने अधिकारसमेत सैनिकहरुलाई दिइएको छ।

विभिन्न संघसंस्थाहरुबाट मानवता विरुद्धको अपराध भइरहेको दाबी भइरहे पनि चिनियाँ सरकारले सबै आरोपलाई अस्वीकार गर्दै आएको छ। सरकारका अनुसार शिन्जियाङमा आएको ‘शान्ति र समृद्धि’ नै ‘सबै झुटहरु’को उत्तम प्रतिकृया हो।

को हुन् विगर?

kumari

शिन्जियाङमा करिब १२ लाख विगरहरुको बसोबास रहेको छ। यस राज्यको पूरा नाम पनि ‘शिन्जियाङ विगर स्वायत्त क्षेत्र’ हो। मध्य तथा पूर्वीय एसियाका विगर समुदाय टर्कीस मुसलमान हुन्।

चीनका ५५ लाख अल्पसंख्यकमध्ये विगर पनि एक हुन्। यस समुदायको आफ्नै भाषा र संस्कृति छ।

विगत केही दशकयता चीनकै बहुसंख्यक ‘हान’ समुदाय शिन्जियाङमा ठूलो संख्यामा बसाइँ सरेको देखिन्छ। यसलाई कथित रुपमा शिन्जियाङका अल्पसंख्यकहरुलाई मिच्न राज्यद्वारा चालिएको षड्यन्त्र भनिएको छ।

यस क्षेत्रमा रहेका इस्लाम धर्मावलम्बीमाथि राज्यद्वारा अत्याचार गरिइरहेको पनि खुलासा भएको छ। सरकारद्वारा मस्जिद लगायतका संरचना भत्काइदिने जस्ता कार्य नियमित रुपमा भइरहन्छन्।

समुदायका केही व्यक्तिहरु राज्यबाट यस्तै दमन भइरहे आफ्नो अस्तित्व नै मेटिने पीरले चिन्तित छन्।

चीनविरुद्ध लगाइएका आरोप

संयुक्त राज्य अमेरिका, बेलायत, क्यानडा र नेदरल्याण्डले चीनमाथि नरसंहारको आरोप लगाएका छन्। यी राष्ट्रहरुले अन्तर्राष्ट्रिय सन्धी अन्तर्गत चीनको यस्तो कदमलाई ‘राष्ट्रिय,जातीय वा धार्मिक समूहलाई पूर्ण वा आंशिक रुपमा नष्ट गर्ने उद्देश्य’ भनी परिभाषित गरेका छन्।

यी आरोपसँगै विगर महिलाहरुलाई जबरजस्ती बाँझो बनाइरहेको खुलासा पनि भएको छ। सरकारद्वारा यस समुदायको जनसंख्या वृद्धि हुन नदिई सांस्कृतिक अस्तित्व नै मेटाउने प्रयत्नसाथ यस्तो अमानवीय हर्कत गरिरहेको हो।

प्रकाशित: May 27, 2022| 12:54 शुक्रबार, जेठ १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।