बिहीबार, फागुन २१, २०८२

रूबलको अवस्था बलियो रहेको क्रेमलिनको निष्कर्ष

पूँजी नियन्त्रण र इन्धनको उच्च मूल्यवृद्धिका कारण रूसी सरकारले रूबललाई कमजोर हुन नदिन ‘विशेष ध्यान’ दिँदै आइरहेको क्रेमलिनले बुधबार जनाएको छ।
 |  बुधबार, जेठ ११, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, जेठ ११, २०७९

मस्को- पूँजी नियन्त्रण र इन्धनको उच्च मूल्यवृद्धिका कारण रूसी सरकारले रूबललाई कमजोर हुन नदिन ‘विशेष ध्यान’ दिँदै आइरहेको क्रेमलिनले बुधबार जनाएको छ।

केन्द्रीय बैंकले आफ्नो मूद्रा दरको स्तरबारे छलफल गर्न बिहीबारका लागि आकस्मिक बैठक आयोजना गर्ने जनाएको छ। क्रेमलिन प्रवक्ता दिमित्री पेस्कोभले पत्रकारहरूसँगको भेटमा भने, 'रूबललाई निरन्तर सुदृढ राख्न सक्नु निःसन्देह पनि यसमा विशेष ध्यान दिनुको कारण हो।' विश्वका आर्थिक छलफल तथा सभाहरूमा रूबलको निरन्तर बलियो अवस्थाबारे चर्चा हुने गरेको उनले दाबी गरे। 

रूसी सरकारका लागि रूबलको बलियो अवस्था हुँदा यसले राजस्व सङ्कलनमा असर गर्न सक्ने भन्दै निरन्तर रूबल बलियो रहेमा ध्यान दिनुपर्ने र यसलाई अहिलेकै स्वरूपमा राख्नुपर्ने उनको भनाइ रहेको थियो।

फेब्रुअरीमा यूक्रेनमा मस्कोको सैन्य अभियान सुरु गर्दा पश्चिमी मुलुकले कमजोर प्रतिबन्ध लगाएर रूसलाई प्रतिक्रिया दिएको भन्दै रूसी वित्तीय अधिकारीहरूले कमजोर अर्थव्यवस्थालाई सन्तुलनमा राख्न पूँजी नियन्त्रणसम्बन्धी कडा नियम लागू गरेको र यसले रूसलाई आर्थिक रूपमा सबल राख्न सहयोग पुगेको उनीहरूको भनाई छ।

त्यसबेलादेखि रूबलमा अमेरिकी डलरभन्दा लगभग ३० प्रतिशतले उछाल आएको रूसी दावी छ। बुधबार युरोसँग रूबलको कारोबार ५७.६ मा भएको छ। यो स्तर सन् २०१५ देखि देखिएको थिएन भने डलरतर्फ ५६ पुगेको छ। यो सन् २०१८ फेब्रुअरीदेखि सबैभन्दा बलियो भएको छ। 

kumari

 कडा पूँजी नियन्त्रणमाथि, रूसी मुद्राले इन्धन मूल्यबाट उच्च लाभ उठाएको रूसले दावी गरेको छ। तर पछिल्लो समय सरकारले पूँजी नियन्त्रणलाई खुकुलो पार्न कदम चालेको छ।

रूसको वित्त मन्त्रालयले घरेलु निर्यात कम्पनीहरूले आफ्नो आयको ५० प्रतिशत विदेशी मुद्रामा बेच्नुपर्ने घोषणा गरेको थियो, यो पहिलेभन्दा ८० प्रतिशतको न्यूनता थियो।   

संयुक्त राज्य अमेरिकाले मस्कोलाई डलरमा भुक्तानी गर्न अनुमति दिने छूट समाप्त गरेपछि रूसले बुधबार रूबलबाट नै आफ्नो विदेशी ऋण तिर्न थाल्ने बताएको छ। 

वित्त मन्त्रालयले टेलिग्राममार्फत् भनेको छ, 'यो लाइसेन्स विस्तार गर्न अस्वीकार गर्दा अमेरिकी डलरमा सरकारी विदेशी ऋण सेवा जारी राख्न असम्भव भएको कुरा उल्लेख गर्दै भुक्तानीलाई रूसी मुद्रामा गरिनेछ।'

प्रकाशित: May 25, 2022| 23:31 बुधबार, जेठ ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।